☰ open Loading... 17 May 2024|  

चलचित्र अछुतको टेलर सार्वजनिक
  | १६ भाद्र २०७४, शुक्रबार १५:५१

सुर्खेत । सामाजिक कुप्रथामा आधारित निर्माण भएको चलचित्र अछुतको टेलर सार्वजनिक गएिको छ । सुर्खेत मुभि हाउसको ब्यानरमा निर्माण भएको सो चलचित्रको टेर्लर वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो ।


समय रुपान्तरण भएपनि जातिय विभेद अझै पनि समाजमा कायम रहेको फिल्ममा उतारिएको लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारी दिए । झण्डै ६ लाख निर्माण लागत लागेको यो फिल्म सुर्खेतका विभिन्न स्थानहरुमा छायाँकन गरिएको हो ।

फिल्मको नायकमा सञ्जिव बराल र नायिकामा सपना सापकोटाको मुख्य भूमिका छ । झण्डै तीन दर्जन कलाकारहरुले अभिनय रहेको यो फिल्म बरिष्ठ कलाकार प्रेमदेव गिरीको पनि भूमिका छ ।

दशैँ अगावै सुर्खेतका ग्रामिण स्थानहरुमा फिल्म प्रदर्शन गरेर सामाजिक चिन्तनमा परिवर्तन ल्याउनमा सहयोग अपेक्षा निर्देशक सुनारको छ ।