☰ open Loading... 17 May 2024|  

प्रदेश ६ मै पहिलो व्यवसायिक सीप विकास केन्द्र स्थापना
  | १६ भाद्र २०७४, शुक्रबार १९:३२

सुर्खेत । व्यवसायिक ज्ञान, सीप दिने उदेश्यले सुर्खेतमा पहिलो पटक व्यवसायिक सीप विकास केन्द्र संचालनमा ल्याइएकाे छ । ६ नम्वर प्रदेशका सवै जिल्लामा कार्यक्रम लागु गर्ने उदेश्यले व्यवसायिक सीप विकास केन्द्र स्थापना गरिएको हाे ।

केन्द्रले विशेष गरी सहकारी लगायत विभिन्न क्षेत्रमा एडभान्स एकाउन्टिङ, सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि आवश्यक विधी र प्रक्रियाको वारेमा जानकारी दिने व्यवसायिक सीप विकास केन्द्रका अध्यक्ष प्रेमकुमार विसीले बताए । उनका अनुसार सहकारीको जोखिम व्यवस्थापन, कर इफाइलिङ र विविध पक्ष, प्रभावकारी ऋण लगानी, ऋण लगानी गर्दा आवश्यक पर्ने विधी र प्रक्रियाको वारेमा समेत सरोकारवालालाई ज्ञान, सीप दिनेछ ।

सहकारी लगायत अन्य संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि आवश्यक पने मुल्याकन, आन्तरिक लेखा सुपरिवेक्षणमा लेखा समितिको भूमिका, पल्र्स मुल्याकन र विश्लेषण लगायतका विषयमा पनि तालिम दिने विसीकाे भनाइ छ ।

सहकारी लगायत अन्य संस्था बजेट निर्माण विधी र प्रक्रिया, लेखा तथा कार्यालय व्यवस्थापन जस्ता विषयमा पनि आवश्यक तालिम दिने योजना रहेका अध्यक्ष विसीले जानकार दिए । यसैवीच व्यवसायिक सीप विकास केन्द्रको कार्यालयको शुक्रवार उदघाटन गरिएकाे हाे ।

कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारी लगायतका संघसंस्थालाई व्यवसायिक वनाउनको लागि संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले आफनो सहकारी लगायत संघसंस्थालाई व्यवसायिक वनाउनको लागि व्ययवसायिक सीप विकास केन्द्रसँग समन्वय गर्न पनि सवैलाई सुझाव दिए ।

राष्ट्रिय सहकारी वैकका संचालक हरिहर नाथ योगीले सुर्खेतमा व्यवासायिक ज्ञान, सीप दिने संस्थाको आवश्यकता महशुस भैइरहेको वेला यो संस्थाले त्यो आवश्यकतालाई पूर्ति गर्न सुझाव दिए ।

कार्यक्रममा सिद्धार्थ बहुउदेशिय सहकारी संस्थाका बरिष्ठ प्रवन्धक झक्कड पुलामीले व्यवसायिक सीप विकास केन्द्रको स्थापनासँगै सहकारी लगायतका संघसंस्थालाई काठमाडौ लगायतका ठाउँमा गएर तालिम लिनु पर्ने अवस्थाको अन्त भएको उल्लेख गरे ।

लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले व्यवसायिक सीप विकास केन्द्र आफनो योजना र उदेश्यमा सफल हुने विश्वास व्यक्त गरे ।