☰ open Loading... 17 May 2024|  

मुक्त कमलहरीले पाए परिचयपत्र
  | १७ भाद्र २०७४, शनिबार ०८:१५

गुलरिया । बर्दियाका मुक्त कमलहरीलाई परिचयपत्र वितरण गरिएको छ । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जिल्लाका दुई हजार ४९५ मुक्त कमलहरीमध्ये २९ जनालाई परिचयपत्र प्रदान गर्दै चार महिनाभित्र सम्पूर्ण कमलहरीलाई परिचय वितरण गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले चार महिनाभित्रै बर्दिया, बाँके, दाङलगायत तराईका जिल्लाका १३ हजार कमलहरीमध्ये नौ हजार ७४२ जनालाई परिचयपत्र वितरण गरिसक्ने सरकारी लक्ष्य रहेको जानकारी दिए ।