☰ open Loading... 19 April 2024|  

सिम्ता गाउँपालिकाले माग्याे वडाका सवारी फिर्ता
  | २० भाद्र २०७४, मंगलवार १८:४७

सुर्खेत । पहिला गाविसको संरचना हुँदा खरिद गरिएका सवारी साधन (मोटरसाइकल) हरु सुर्खेतको सिम्ता गाउँपालिकाको कार्यालयमा एकीकृत गरिने भएको छ ।

नयाँ संरचना हुँदा पहिलाका गाविसहरु वडा कार्यालय बनेका र जनताबाट निर्वाचित प्रतिनिधिहरु आएकाले सचिवहरुले प्रयोग गर्दै आएका पुराना सवारीलाई गाउँपालिकाको कार्यालयमै फिर्ता मागिएको हो ।

पहिला गाविसको संरचना हुँदा गाविस सचिवहरुले चढ्ने गरेका ती सवारी साधन हाल वडा कार्यालयमा रहेका छन् । अव ती सवारी साधन गाउँ कार्यपालिकाको कार्यालयले आवश्यकताको आधारमा प्रयोग गर्ने मंगलवार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीको अध्यक्षतामा बसेको वैठकले केही विभागसमेत गठन गरेको छ । जसअनुसार टेकनारायण वि.क.को नेतृत्वमा सञ्चार विभाग र राजेन्द्र सिंह ठकुरीको नेतृत्वमा खेलकूद विकास समिति बनाइएको छ ।