☰ open Loading... 28 March 2024|  

भित्रियो सुरुङ्ग खन्ने मेशीन, एकतर्फी रत्नराजमार्ग बन्द
  | २७ भाद्र २०७४, मंगलवार १३:०७

सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ्ग खन्ने मेशीन नेपाल आइपुगेको छ । चीनबाट एक महिना अघि हिडेको ५५ कन्टेनरसहितको सुरुङ्ग खन्ने मेशीन नेपाल आएको हो ।

कोलकत्ताहुँदै जमुनाहा नाकाबाट नेपाल भित्रिएका ३० वटा कन्टेनर सुरुङ्ग निर्माणस्थल सुर्खेतको हात्तीखाल आइपुगेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मिनराज ढकालले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् । भेरी–बबई डाइभर्सन आयोजना : मानवरहित मेशिनले सुरुङ खन्ने

उनका अनुसार ५ वटा ठूला कन्टेनर बाँकेको कोहलपुरमा रोकिएका छन् । पाँचवटा कन्टेरलाई हात्तीखालसम्म ल्याइपु¥याउन रत्नराजमार्ग नै बन्द गर्नु पर्ने भएकाले मंगलबार राती ९ बजे कोहलपुरबाट हिड्ने ढकालको भनाई छ । ‘एकतर्फी राजमार्ग बन्द गर्नु पर्नेहुन्छ’ ढकालले भने,–‘राती ९ बजेबाट सडकमा अन्य सवारी साधनलाई सञ्चालनमा रोक लागाएर कन्टेनर हात्तीखाल पुग्नेछन् ।’


एकैपटक कन्टेनर ल्याउँदा नागरिकलाई असज हुनेभन्दै आयोजनाले केही दिनको फरकमा कन्टेनर भित्राइरहेको छ । बाँकी २० कन्टेनर भन्सार प्रक्रियामा र बाँकी भारतकै बाटोमा आउन लागेको ढकालले जानकारी दिए ।

उनका अनुसार सवै कन्टेनर अवको एकहप्तामा सुरुङ्ग निर्माण स्थल आइपुग्ने छन् । ‘सवै कन्टेनर आएको दुई महिनामा मेशीन जोड्न लाग्छ’ ढकालले थपे,–‘सम्भवत् चुनाव सम्पन्न भएपछि सुरुङ्ग खान्ने काम शुरु गर्छौं ।’

भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियामा सिँचाई पु¥याउने उदेश्यले सुर्खेतको भेरीगंगास्थित हात्तिखालबाट सुरुङ्ग खन्ने काम शुरु गरिएको हो । पहूँच मार्ग र मेशिन राख्न एकसय पचास मिटर सुरुङ्ग यस अघि नै निर्माण सम्पन्न गरिएको थियो ।