☰ open Loading... 22 May 2024|  

म्याराथनका कीर्तिमानी धावक भन्छन,‘म जस्तै किर्तिमानी खेलाडी जन्माउनु छ’
  | २७ भाद्र २०७४, मंगलवार १७:३९

कालिकोट । एभरेस्ट म्याराथनका कीर्तिमानी खेलाडी तथा गिनिज बुक अफ द वल्र्ड रेकर्ड नाम लेखाई सकेको धावक हरीबहादुर रोकाया अहिले नयाँ नयाँ खेलाडी प्रशिक्षण दिनमा ब्यस्त छन् । सधै दौड्ने काम ब्यस्त रोकाया अहिले जुम्ला नै कहिले प्रशिक्षार्थीहरुलाई हिलोमा, कहिले उच्च हिमाल र हिउँमा दौडाएर प्रशिक्षण दिन्छ ।


जुम्लामा जन्मिएका हरीबहादुर रोकाया पहिलो पटक सगरमाथाको आधार शिविर (५१८४ मिटर उचाइ) बाट सुरु भई ३४४६ मिटरको नाम्चे बजार सम्मको एभरेस्ट म्याराथनमा सन् १९९३ मा पहिलो पटक भाग लिए । त्यसमा उनी द्राश्रो भए । सन् १९९७ त्यसमा पहिलो भए । तर, हरीबहादुर हिक्मत हारेनन् । त्यसपछि सन् १९९७ उनी पुनः पहिलो भए ।

त्यतिले मात्र हरीबहादुरको चित्त बुझेन् र संसारकै सबैभन्दा अग्लो ठाँउमा हुने एभरेष्ट म्याराथन विश्वको प्रसिद्ध म्याराथनमा सन् २००० मा भाग लिएर बिश्व किर्तिमानी रेकर्ड राखेर ३ घन्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाए । तर, दुःखद कुरा सन् २००२ मा भने सोही म्याराथनमा ईन्ट्री शुल्क तिर्न सकेनन् र खेलमा सहभागिता भएनन् ।

हरीबहादुर चेला कसले के जिते

नेपाली एथ्लेटिक्सकी प्रतिभावान धाविका विश्वरूपा बुढा उनकै प्रशिक्षणमा छैठौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पनि जितेकी थिइन् ।
त्यस्तै, ५० किलोमिटर लामो ‘एमएसआइजी ट्रेल रनिङ प्रतियोगिता’ मा हङकङमा धाविका सुनमाया बुढाले जितिसके छन् । धाविका पूर्णलक्ष्मी न्यौपानेले धेरै प्रतियोगिता जितेकी छन् ।

‘मलाई पहिलो पटक एभरेष्ट म्यारथनमा हाइलेन शेर्पा सबै ब्यवस्था मिलाइ दिएँ ।’ हरीबहादुर रोकाया भन्छन्, ‘मलाई यहाँसम्म ल्याइपु¥याउन उत्प्रेरणा दिने धेरै जना छन् । उनीहरुकै प्रेरणा मैले तिन पटक उपाधी उचालेँ । अन्तिममा शुल्क नै तिर्न सकिनँ खेलमा भाग लिन पाइनँ ।’

उमेर ५६ बर्ष पुगेका हरीबहादुर नागरिकता उल्लेख उमेर अनुसार ५२ बर्ष पुगेँ । लामो समय खेलमा जीवन बिताएका हरीबहादुर अहिले जुम्लामा नै कर्णाली स्पोर्ट क्लव खोलेर म्याराथनका खेलाडी उत्पादन गरिरहेका छन् । उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटाली लगाएतका देशमा प्रशिक्षण लिन र म्याराथन भाग लिन पुगेको केहीले राष्ट्रिय अन्तर्राष्ट्रिय पुरुस्कार समेत जितेको हरीबहादुर बताउँछन् ।

‘मैले उत्पादन गरेका खेलाडी कोही कतै पुगेको कोही कतै पुगेका छन् ।’ उनी भन्छन्, ‘मेलै प्रशिक्षण दिएका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुस्कार जितेको बेला निकै गर्व लाग्छ ।’

हरीबहादुरले १३ राष्ट्रिय तथा ३१ वटा अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाई सकेका छन् । १३ राष्ट्रिय प्रतियोगितामध्ये ९ वटामा रोकायाले उपाधि उचालेका छन् । अन्र्तराष्ट्रिय खेलमा सन् १९८५ मा इन्डोनेसियाको जकार्तामा एसियन ट्रयाक एन्ड फिल्डको ५ किमि दौडमा सहभागिता भएर थिए ।

जुम्लामा ‘कर्णाली स्पोर्ट्स क्लब’ स्थापना गरेर आफुजस्तै खेलाडीहरु उत्पादन गर्ने हरीबहादुर प्रशिक्षणका र खेलाडी डाईड खान, लुगाका लागि समस्या हुने गरेको त्यसका लागि उनले नयाँ जुक्ति निकाले छन् । प्रशिक्षार्थी खेलाडी आफुसगैँ कुनै विकासे योजनाका काम गर्ने र त्यसबाट आएको पारिश्रमिकबाट खेलाडीबाट खर्च चलाउने गरेको रोकायाले बताए ।

‘अहिले ४८ जना प्रशिक्षार्थी खेलाडी रहेको छन् । उनीहरु आफुसगैँ विकासे काम गर्ने । त्यसैबाट आएका पैसाले खेलाडी लत्ताकपडा आवश्यक साम्रगी खरीद गर्ने गरेका छौं’ उनले भने ।

खेल क्षेत्रमा राज्य खासै लगानी नसकेको खेल क्षेत्रको भएको बजेट सही उपभोग हुन नसकेको बताउने रोकायाले अहिले कर्णाली स्पोर्ट क्लवले एडिडास कम्पनीसँग सम्झौता गरेको गरेर केही आर्थिक सहयोग गर्ने गरेको रोकायाले बताए ।

‘राज्यले खेल क्षेत्रमा खासै चासो दिएको छैन् ।’ उनले भने, ‘हामी डडिडास कम्पनीसँग सम्झौता लजेष्टिक केही सहज भएको छ ।’ हरीबहादुर रोकायाको जीवनमा धेरै जना खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कितिमानी खेलाडी उत्पादन गर्ने रहेको उनी बताउछन् ।
‘मलाई केही चाहिएको छैन् ।’ उनी भन्छन्,‘धेरै जना खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कितिमानी राख्ने बनाउनु छ ।’