☰ open Loading... 19 May 2024|  

अन्तरघातीलाई छानी–छानी कारवाही गछौँ : ज्ञवाली
  | १ आश्विन २०७४, आईतवार ०९:२२

पार्टीमा अन्तरघात गर्नेलाई छानी–छानी तह लगाउनुपर्ने नेकपा एमाले प्रदेश नम्बर ६ का संयोजक युवाराज ज्ञवालीले चेतावनी दिएका छन् । राजालाई ठेगान लगायौ, माओवादीको बन्दुकलाई खिया लाग्ने बनायो, आफुलाई ठुलो शक्ति भन्ने कांग्रेसलाई तह लगायौँ, पार्टी भित्र बसेर अन्र्तघात गर्नेलाई पनि तह लगाउन एमालेले जानेको भन्दै पार्टी विपरितका कार्य नगर्न निर्देशन दिएका हुन् ।

वीरेन्द्रनगरमा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मेयरमा वालाराम शर्मालाई चुनावमा हराउनेहरु अपराधी भएको भन्दै एउटा जिल्लाको शिखर पुरुष वालाराम हराउनेहरु पार्टीमा बस्न आवश्यक नभएको बताए । अन्र्तघातीहरुलाई छानीछानी कार्वाही गर्ने उनले चेतावनी पनि दिए । ‘३६४ दिन एमालेले आयोजना गरेको भेला, आन्दोलन र बैठकमा सहभागी हुन्छन ।

चुनावको समयमा भोट अन्त्यै दिने को हुन ती मान्छे, कसले ग¥यो त्यो ? सामान्य जनताले गरेको होइन त्यसको काम पार्टीमा बस्ने फटाहगिरी गर्नेहरु हुन ।’ उनले भने,– ‘६ भोट सुर्यमा १ भोट रुख दिने काम सामान्य जनतालाई गर्न सक्दैन, यस्तो गलत कार्य पार्टीभित्रकै व्यक्तिबाट भएको छ ।’ ३६४ पार्टी हुने, एमाले लडाईको मैदानमा उत्रिएको बेलाउन हराउने, फेरी एमालेमै आएर राजनीति गर्ने, त्यस्ताले एमालेको राजनीति नगर्न सुझाए ।

आक्रामक शैलिमा बोलेका ज्ञवालीले अन्तरघात गर्नेलाई राती निद्रा समेत नलागोस, राती कोठामा एक्लै छट्पटि होस् भन्दै आफुले टिकट पाउँदा ठिक र अरुले टिकट पाउदा गलत हो, त्यसलाई हराउनु पर्छ भन्ने मानसिकता गलत भएको उल्लेख गरे । तपाई अर्को पार्टीमा जाने मन लागेको छ भनेपनि जानुहोस, एमालेले कुट्दैन तपाई नडराउनुस् जानुसहोस’ उनले थपे,–‘एमालेमा आउनेलाई फुलमालाले स्वागत गर्छ, जानेलाई बाई–बाई गर्छ, कसैलाई कुट्दैन, संगै बस्ने साथीलाई छुरा हान्ने र पार्टीमा अन्तरघाती गर्नेहरुलाई पृथ्वीमा बसेर भार गर्नुपनि उपयुक्त छैन ।’

संयोजक ज्ञवालीले पैसाको आडमा चुनाव लड्नु गलत भएको टिप्पणी गरेका छन् । पैसाको आडमा चुनाव लड्यौँ भने कांग्रेस जस्तै पुँजीवादी भइने बताएका उनले पैसाको आडमा चुनाव लड्ने परिपार्टी त्यागेर संगठनको आडमा चुनाव लड्नु आग्रह गरे ।

उम्मेदवारको टुंगो नलागेपनि एमाले र सुर्य चिन्हको प्रचार–प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । आगामी आउने संघ र प्रदेशको चुनावमा एमालेलाई पहिलो शक्ति बनाउने गरी प्रचार–प्रसारमा जुट्न कार्यकर्ताहरुलाई उनले यस्तो निर्देशन हुन ।

‘तिहार आयो भन्दैमा प्रचारको कामलाई नरोक्नुहोस, टिका लगाउँदै चुनावको प्रचार गर्नुस्’ उनले भने–‘उम्मेदवार पखेर नवस्नु होस ‘तपाईको उम्मेदवार एमाले हो’ चुनाव चिन्ह सुर्य हो ।’