सागर परियार,
जुम्ला । नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टीले लिएको कार्यशैलीमा परिर्वतन गर्न आग्रह गर्दै आएका उनीहरूले सामुकहिक रूपमा राजिनामा दिएका छन् । नेमकिपा बदलिदो परिवेशमा फैलिनुको सट्टा खुम्चिदै जानुले यसमा कुनै पार्टी नेता कार्यकर्ता भविष्य नदेखिएकाे र जनताको ईच्छा चाहाना अनुसार पार्टीको विचार कार्यशैली परिवर्तन नभएको कारण देखाउदै जुम्लाका झण्डै १ सय ३७ जनाले कैसाथ पार्टीबाट राजिनामा दिएका हुन् ।
नेमकिपाका शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष पुर्णप्रसाद धिताल सहित सक्रिय नेता कार्यकर्ता गरी १ सय ३७ जनाले पत्रकार सम्मेलन मार्फत एकै साथ राजिनामा दिएकाे जानकारी दिए । केन्द्रीय उपाध्यक्षले राजिनामा दिदै भने जो पार्टीमा सुझाब सल्लाहको मध्यनजर हुदैन र जहाँ समय र आबश्यकता अनुसार कार्यशैली परिर्वतन हुदैन त्यहाँ बसिरहन कुनै औचित्य नरहेको दाबी गरे । यहि राजतीनिक परिस्थितिबाट चल्न खोजे जुम्लामा नेमकिपाले कुनै गति लिन नसक्ने समेत बताएका छन् ।
ईकाई तथा गाउँ ईन्चार्ज भएका सबै कार्यकर्ताहरुले एकैसाथ राजिनामा दिएको विषयले जुम्लामा चर्चा पाएको छ । पाटी प्रतिको अविश्वासका कारण समर्थकहरुले साथ छोड्दै जादा नेमकिपाले अघि सारेका शैक्षिक क्षेत्रमा भईरहेको अनियमितता अन्त्य गर्ने, कालोबजारी तथा भ्रष्टचार मुक्त समाज निमार्ण जस्ता योजनार्लेे पुर्ण रुप नपाउने समेत राजिनामा दिदै सक्रिय कार्यकर्ता प्रयागदत्त उपाध्याले बताए । देशमा समाजबाद स्थापना गर्न अधुरा सपनाको परिपुर्तिका लागि आजै पुर्ण प्रसाद धितालको संयोजकत्वमा बृहत कम्युनिष्ट पाटी निमार्ण अभियान समिति समेत गठन गरिएको छ ।
समितिले अयभियान मार्फत बलियो पाटी निमार्ण गर्ने दाबी गरिएको छ । जहाँ जुना पाटीमा रहेपनि किसान, मजदुर लगातय विपन्न वर्गको हितका लागि काम गर्ने राजिनामा दिएका १ सय ३७ जनाले प्रतिबद्धता गरेका छन । तर राजिनामा दिएका सबै माओबादि केन्द्रमा प्रबेश गर्ने हल्ला भएता पनि एकिन सत्य भने खुलाइएको छैन ।