☰ open Loading... 3 May 2024|  

निःशुल्क स्वास्थ्य परीक्षण
  | ४ आश्विन २०७४, बुधबार १८:३६

सुर्खेत उद्योग वाणिज्य संघले प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि फलपूmल वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । बुधवार दोश्रो संविधान दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा फलपूmल वितरण तथा मप क्षेत्रीय अस्पतालको प्राविधिक सहयोगमा डा. नमोवुद्ध शाक्यले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

हाल आश्रममा बस्दै आएका १० जना ज्येष्ठ नागरिकहरुमध्ये धेरैजसोमा स्वासप्रश्वास, हाडजोर्नी दुख्नेसम्बन्धी समस्या बढि रहेको पाइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले संविधानले सम्पूर्ण नागरिकलाई समान अधिकार प्रत्याभूत गरेको जिकिर गर्दै ज्येष्ठ नागरिकप्रति राज्यपनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

घरपरिवार नभएपछि बेसहरा अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले सहारा दिएको उल्लेख गर्दै उनले आउँदो दशैंको टीका थाप्न आपूm पुनः वृद्धाश्रममा आउने वचनपनि दिए । यस्तै संघका कार्यवाहक अध्यक्ष प्रकाश उप्रेतिले संघले विभिन्न दिवसहरुका अवसरमा विगतदेखि नै सामाजिक कामहरु गर्दै उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।

हामीलाई पनि आप्mनै परिवारका सदस्य सम्झिनु होला, कावा अध्यक्ष उप्रेतिले भने, तपाईहरुलाई पर्ने समस्या र आवश्यक्ता पूर्तिका लागि हामी संस्थागत र व्यक्तिगत रुपमापनि सधैं तयार छौं । यसैगरी संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु हरेक व्यक्तिका लागि आत्मसम्मान र गौरवका कुरा भएको जिकिर गरे ।