नौमुले बजारमा एक कार्यक्रमका विच नौमूले गाउपालिका अन्तर्गतका नौमूले गाउकार्यपालिकाका पदाधिकारीहरु लाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
रुलर यूएन डिपिको आर्थिक सहयोग तथा महिला ससक्तिकरण मञ्च नेपाल दैलेखद्धारा संचालित न्यायमा सहज पहँुचका लागी सवै किसिमका हिंसापिडीत महिला शसक्तिकरण कार्यक्रम अन्तरगत नौमूले गाउँपालिका वडा नं –५ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा महिला हिंसा जातिय विभेद घरेलु हिंसा वाल विवाह न्यूनिकरणका लागी नेपालको कानुनमा भएको प्रावधानको वारेमा प्रष्ट पारिएको थियो ।
यसैगरि गाउँपालिकाको प्रस्तावित न्यायिक समितिको काम कर्तव्य अधिकारका वारेमा प्रष्ट पारिएको थियो । कार्यक्रमको अध्यक्षता नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले गरेका थिए भने कार्यक्रमको सहजिकरण रुलर यूएनडिपिका कार्यक्रम संयोजक राधा मल्ल र दिर्घराज अधिकारीले गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण निर्वाचित प्रतिनिधिह?लाई महिला सक्तिकरण मञ्चकी आजिवन सदस्य सरिता गुरुंगले दोसल्ला ओढाएर सम्मान गरेकि थिइन् ।