सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ्ग खन्ने काम सुरुङ खन्ने काम शुरु भएको छ । मेशीन जडान गर्न कम्तीमा दुइ महिना लाग्ने बताएपनि आयोजना निर्माणको जिम्मा लिएको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले १५ दिनमै मेशीन जडान गरेपछि बुधवारदेखी सुरुङ खन्ने काम शुरु भएको हो ।
याे पनि पढ्नुहाेस् । भित्रियो सुरुङ्ग खन्ने मेशीन, एकतर्फी रत्नराजमार्ग बन्द
टिविएम मेशीनको उद्घाटन सिंचाइमन्त्री सञ्जय गौतमले बुधबार गरेका छन् । कार्यक्रममा भेरी–बबई आयोजनालाई सरकारले नमुना परियोजनाका रुपमा अघि बढाएकाले निर्माणमा कुनै समस्या आउन नदिने प्रतिवद्धता सिंचाइमन्त्री गौतमले जनाए । उनले दुई महिना मेशीन जडान लाग्ने जानकारी पाएपनि १५ दिनमै आफ्रले उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
याे पनि पढ्नुहाेस् । भेरी–बबई डाइभर्सन आयोजना : मानवरहित मेशिनले सुरुङ खन्ने
पाइलटिङ प्रोजेक्टको रुपमा सरकारले यसलाई अघि सारेकोले मुलुकको सम्वृद्धिसंग जोडिएको आयोजना निर्माणमा कुनै समस्या आउन नदिने गौतमले प्रतिवद्धता जनाए । चीनको सांघाईबाट टनेल बोरिङ मेसिन (टिबिएम) का उपकरणहरु भारतको कोलकत्ता हुँदै जमुनाहा नाकाबाट गत भदौ अन्तिम साता आयोजनास्थलमा आइपुगेका थिए ।
याे पनि पढ्नुहाेस् । सिँचाइमन्त्रीको भेरीबबई डाइभर्सन आयोजनाको निरिक्षण ‘निर्धारित समयमै काम सक्नुस्’
अन्तर–जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबई मुलुककै पहिलो परियोजना हो । २५० मिटर लामो मेसिन उत्पादक अमेरिकी कम्पनी रोबिन्सकै प्राविधिकले जडान गरेका हुन् । परिक्षणका लागि कम्पनीले ५ मिटर सुरुङ खन्नुपर्नेछ । टिबिएम पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेसिन हो ।
नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ निर्माण गर्न लागिएको छ । भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वत खन्न यस्को प्रयोग हुँदैछ । टिबिएमका लागि आवश्यक ५ मिटर ब्याससहित डेढ सय मिटर लामो प्रवेशद्वार मजदुरबाट खन्ने काम पुरा भैसकेको छ । सिंचाई विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार अबको डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्नुपर्नेछ । महाभूकम्प, नाकाबन्दी र बाढीपहिरोका कारण निर्माण कार्यमा केही असर पुगेको आयोजनाले जनाएको छ ।