☰ open Loading... 21 May 2024|  

फुलपातीमा कालरात्रिकाे पूजा गरि मनाउँदै
  | ११ आश्विन २०७४, बुधबार ०९:२७

काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको सातौं दिन आज शक्ति स्वरुपा भवानी माता कालरात्रिको पूजाआजा गरिंदै छ ।

माता कालरात्रि आदिमाता पार्वतीको माया रुप हो । दुष्ट वृतिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट तह लगाउने उद्देश्यले कालरात्रि देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ ।

यी देवीको वदनवर्ण नीलो रंगको रहेको छ । लामो रातो ओंठ भएकी, गधामा चढेकी, बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ ।

माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ । आज देवी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइंदै छ ।

आज दशैघर तथा देवी मन्दिरमा उखु,केरा,बेलपत्र,दारिम,जयन्ती धानका बाला,अशोकका पात, अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतका प्रतीक फूलपातीका रुपमा भित्रयाइन्छ । जनतासमाचार