☰ open Loading... 30 April 2024|  

किन पाए पत्रकार दीपेन्द्र ओलीले दुःख ?
  | ११ आश्विन २०७४, बुधबार ०९:४२

सुर्खेत ।  गाउँघरतिर दशैँ, तिहार र छठ् पर्वको रौनकता छाइरहँदा दीपेन्द्र जस्तै परदेशमा रहेका नेपाली भने घरको मायाँले भक्कानिँदै बस्ने गरेका छन् । दीपेन्द्रले साँच्चै दु:ख पाएकाे नभई नयाँ म्युजिक भिडियोमा दु:ख पाएको देखाइएको हो ।

यसै कथालाई समेटेर तयार भएको लोक म्युजिक भिडियो विमोचन भएको छ । पूर्व सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले भिडियो विमोचन गरेका थिए । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा हर्क सुनारको गीत (घरको मायाले) को भिडियोमा पत्रकार दीपेन्द्र ओली र लेकवेशी नगरपालिका सुर्खेत निवासी निशा चपाईलगायतले अभिनय गरेकी छन ।

पत्रकार गोविन्द वि.क.को शव्द, आलिफ खानको लयमा रहेको गीतमा गायिका टीका पुन र गायक हर्क सुनारले स्वर दिएका छन् । भिडियोमा निर्देशन चन्द्र मन्दिर, इन्द्रजीत खड्काको छायांकन र पत्रकार मानबहादुर वलीले सम्पादन गरेका हुन ।

भिडियाे हेर्नुहाेस्।