☰ open Loading... 18 May 2024|  

एघार महिने बालकलार्इ मष्तिस्कमा पक्षघात, उपचारार्थ सहयाेगकाे अपिल
  | २१ आश्विन २०७४, शनिबार १३:४३

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १३ का एक बालककोलाई मृत्युको मुखवाट बचाईदिन उनका आफन्तले अग्रह गरेका छन ।वीरेन्द्रनगर १३ करैखोलाका एघार महिनाका मोहित लामीछानेलाई मष्तिस्कमा पक्षघात भएकाले सुर्खेतमा उपचार सम्भव नभएको सुर्खेतका डाक्टरहरुले बताएपछि आर्थिक अवस्था कमजोर भएका कारण बाहिर उपचारका लागि लग्न नसकीएको मोहितका बुबा कुलप्रशाद लामीछानेले बताए ।

जन्मेदेखिनै आफ्नो बच्चाको हात खुट्टा बाङ्गो तथा टाउको नधान्ने समस्या भएपछि जन्मेको केहि महिना देखि उपचार गरिरहेको उनले बताए । सुर्खेतबाट काठमाडौँसम्म उपचारका लागि लग्न आर्थिक नभएकै कारणले गर्दा नसकेको र आफुले आफन्तजन तथा अन्य सहयोगीदाताहरु संग सहयोग मागेको उनले बताए ।

अहिले सम्म आफ्ना आफन्तजन तथा आफ्नो गाउँका सहयोगिदाता तथा विभिन्न विद्यालयहरु वाट करिव २५ हजार रुपैँया संकलन भएका उनले जानकारी दिए । रोग निको गर्न धरै रकम लाग्ने भएकोले सब सवै सहयोगि दाताहरुलाई जनाता बैँकको खाता नम्वर ०३८११४०४६२०९१०१ मा रकम जम्मा गरिदिन हुन आग्रह गरेका छन् ।