☰ open Loading... 19 May 2024|  

शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना
  | २१ आश्विन २०७४, शनिबार १४:५१

जाजरकोट । गत वर्षको चैत १५ गते सदरमुकाम खलंगाको थाप्लेचौरमा निर्ममतापूर्वक हत्या गरिएका नेपाली काँग्रेसका स्थानीय नेता रवीन्द्र शम्शेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

नेपाल प्रेस युनियन जाजरकोटले आज खलंगामा एक कार्यक्रमको आयोजना गरी पाँच हजार राशिको रवीन्द्र शाह स्मृति विकास पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको हो ।

 

नेपाल प्रेस युनियन जाजरकोट शाखाका संस्थापक सदस्यसमेत रहेका शाहको स्मृतिमा स्थापना गरिएको पुरस्कार प्रत्येक वर्ष चैत १५ गते जिल्लाको विकास र परिवर्तनका लागि कलम चलाउने एकजना क्रियाशील पत्रकारलाई प्रदान गरिने प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले बताए ।

उनले सुरुमा पुरस्कारको राशि रु. पाँच हजार भए पनि अक्षयकोषको रकम बढाएर पुरस्कारको रकम बढाइने बताए । पुरस्कारका लागि स्वर्गीय रवीन्द्र शम्शेरका बुबा योग शम्शेर शाहले प्रेस युिनयन जाजरकोटलाई रु एक लाख नगद सहयोग गरेका छन भने प्रेस युनियनका अध्यक्ष केसीले रु पाँच हजार सहयोग गरेका छन् ।