☰ open Loading... 1 May 2024|  

मसालका महामन्त्रीद्वारा बाम एकताकाे स्वागत
  | २१ आश्विन २०७४, शनिबार १५:०१

चितवन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बाम एकता स्वागतयोग्य रहेको बताएका छन । शनिवार अायाेजित पत्रकार सम्मेलनमा उनले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताएका हुन । 

निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै होइन अब दीर्घकालीन एकता आवश्यक रहेको उनले बताए । उनले भने, “तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन ।” बाम एकतापछि काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति पनि एक हुनलागेको भन्दै उहाँले राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए ।

अहिले पनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताए ।एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै उनले अब यसलाई वास्तबिक कम्युनिष्ट बनाउन सके मात्रै पार्टी एकतामा जान सकिने विचार राखे ।