☰ open Loading... 24 November 2024|  

पुरानै एजेण्डा लिएर दलहरु मैदानमा
  | २४ आश्विन २०७४, मंगलवार ०७:१७

कांग्रेसले नै संविधान बनायोः सभापति रेग्मी

एमालेले संविधान कार्यान्वयन गर्छ: सचिव बडुवाल

 संघ र प्रदेशको चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र्र र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको दैलो–दैलामा पुगको हुन् ।

विभिन्न समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न हामिएका छन् । हुनत यसअघिका निर्वाचनमा सुर्खेतका दलित जनजातिका मतहरु निर्णायक हुने गरेको थियो । सुर्खेतका झण्डै २ लाख मतदातामध्ये करिब ४० प्रतिशत भन्दा बढी दलित र जनजातिहरु छन् यस्तै २० प्रतिशत भन्दा बढी भुमिहिन र सुकुम्बासी र बाढी पीडित छन् ।

२०७१ सालको बाढी पहिरोबाट सुर्खेतमा करिब १ हजार ४ सय भन्दा बढी विस्थापित भएका छन् । तर यसपटक निर्णायक मत विस्थापितहरुको हुने राजनीतिक दलहरुले आकडा गरेका छन् । स्थानीय तहको निर्वाचनमै विस्थापितहरुले आफुलाई पुर्नंवास नगराएसम्म मतदान नगर्ने चेतावनी दिएका थिए । सुर्खेतका राजनीतिदलहरु पुर्नंवास गराउने प्रतिवद्धता जनाएका थिए । तरपनि बाढी पीडितहरु व्यवस्थापन हुन सकेको छैन,अझैपनि त्रिपालमुनि वस्न बाध्य छन् । बजेटपनि बनियोजित भयो, विस्थापितको समस्या समधान नभई बजेट त्यतिकै फ्रिज भयो । हाल सुर्खेत स्थित राजनीतिक दलहरुले पनि यिनीहरुका एजेण्डा बनाएर चुनावमा होमिएका छन् ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा नेपालले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुर्नंवास, लालपुर्जा, सुर्खेत–नेपालगञ्ज टु लेन सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, सांस्कृतिक हब सेन्टर बनाउने विषयलाई चुनावी मुद्दा बनाएका छन् । जिल्लामा डेरा जमाएर बसेका नेताहरु विभिन्न नेताहरु यतिखेर यस्ता मुद्दाहरु लिएर गाउँ–गाउँ र टोलमा भ्यायी नभ्याई छ । प्रदेश नम्बर ६ को राजधानी सुर्खेत हुने भएकाले पनि यहाँको निर्वाचनलाई महत्वको साथ हेरिएको छ । फोरलेन सडक र हटलेन सडक निर्माण, भेरीको पानी पम्पिंग गरेर ल्याउने योजना, च्रकपथ निर्माण, काँक्रेविहारलाई व्यवस्थित गर्ने योजनाहरु भने पुरानै हुन् ।

नेपाली कांग्रेसले विकास, संविधानका विषयलाई लिएर जनताको घर दैलो पुगेको छ । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले संविधानका विषयलाई मुद्दा बनाएर जनताको घर दैलोमा गएको बताए । कांग्रेसले राणा शासन र पञ्चयाति व्यवस्थाको अन्त्य ग¥यो । २०६२÷०६३ मा अन्तरिम संविधान बनायो ।

नेपालको संविधान २०७२ पनि कांग्रेसकै कारणले गर्दा बनेको दावी गरेका सभापति रेग्मीले विगतमा वामपन्थीहरु ६२ प्रतिशत हुदाँ पनि संविधान घोषणा गर्न नसकेको बताए । कांग्रेस सरकारमा पुगेकै समयमा संविधान घोषणा भयो बताएका उनले जारी भएको संविधानलाई कार्यान्वयन गर्न संघ र प्रदेशमा काँग्रेसले जित्न आवश्यक रहेको औंल्याए ।

संविधान कार्यान्वय र महिला दलित जनजाति र सिमाकृतहरुको अधिकार सुनिश्चित गराउनका लागि कांग्रेसलाई भोट दिएर जिताउन समेत उनले आग्रह गरे । सुर्खेतमा तीन ओटै निर्वाचन क्षेत्रमा कांग्रेसले जितेकाले विकास पनि दु्रत गतिमा भएको दावी रेग्मीको छ । ‘कांग्रेस विकास प्रेमी हो, संघ र प्रदेशमा निर्वाचनमा कांग्रेस विजयी भएपछि सुर्खेत टु रारा ताल र मानसरोवरलाई पर्यटकीय स्थल रुपमा घोषणा गर्नेछौं’ रेग्मीले भने,–‘संघ र प्रदेशको निर्वाचन लगत्तै भुमिहिन र सुकुम्बासीहरुका मागहरुलाई पनि कांग्रेसले नै समाधान गर्नेछ ।’ हाल उम्मेदवारहरुको सिफारिस गरी केन्द्रमा पठाईएको उनले जानकारी दिए । उम्मेदवारको टुंगो लागि सकेपछि घोषण पत्र तयार पारिने उनले बताए ।

नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले संविधान कार्यान्वयनसंग विकास निर्माणका एजेण्डाहरुलाइ लिएर एमाले जनताको घर दैलोमा जाने बताए ।उनले मेडिकल कलेज स्थापना, भेरी किनारलाई स्मार्ट सिटी जस्ता कार्यक्रम यस अघि नै ल्याएको दावी गरे । एमाले काम गरेर देखाउछ झुटो आश्वसन नदिने गरेको सविच ५० शैयाको क्षेत्रीय अस्पताललाई ३५० शैयाको बनाउन आफ्नो नेतृत्वको सरकारले नै बजेट छुट्याएको बताए । मप विश्वविद्यालयको प्रशासनिय भवन निर्माणार्थ बजेट, क्षेत्रीय स्तरको एयरपोर्ट विस्तार, प्रादेश स्तरीय औद्योगिक क्षेत्र लगायतका कार्यक्रम एमाले सरकारले ल्याएकाले जनताको घर दैलोमा यही कुरालाई स्मरण गराउने बडुवालले बताए ।

‘जनतालाई राम्रोसंग थाहा छ कस्को पालमा कति काम भएका छन्’ बडुवालले भने,–‘संघ र प्रदेशको निर्वाचनमा एमालेलाई बिजयी गराएमा भुमिहिन, सुकुम्बासी र बाढी पीडितका समस्याहरु समाधान गर्न प्राथमिकतामा राख्नेछौं ।’

एमाले राष्ट्र र जनताका हितमा सरकारमा रहदाँ र सरकार बाहिर रहदाँ पनि जनताको पक्षमा बोल्ने भएकाले एमाले नै जनताका समस्या समधान गर्न सक्षम रहेको उनको तर्क छ । अरु पार्टीले जनताको समस्यालाई समधान गर्न नसक्ने भन्दै जनताको जिम्मेवारी पार्टी एमाले मात्र भएकाले विकास निर्माणदेखि लिएर जनताका अधिकार सुनिश्चित गराउने जिम्मेवारी एमालेको भएको दावी गरे राष्ट्रियतालाई मजबुद बनाउनका लागि समेत एमालेलाई विजयी गराउनु पर्ने सचिव बडुवालको भनाई छ ।