☰ open Loading... 18 May 2024|  

दैलेख खेल महाेत्सवकाे तयारी पूरा
  | २४ आश्विन २०७४, मंगलवार १३:५६

दैलेख । चौथौं दैलेखी युथ कप खेल महोत्सवको सवै तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । रिपोर्टर्स क्लव दैलेखमा आयोजित पत्रकार सम्मेलनमा यो वर्ष फुटवलमा विजेताले १ लाख राशीको पुरस्कार राखीएको जानकारी गराइएकाे हाे ।

असोज २५ देखी ३० गतेसम्म हुने ‘दैलेखी यूथ कप खेल महोत्सव’ तयारी सकियो जनाईयो । खेलका माध्यमद्धारा जिल्लालाई चिनाउने अभियानका साथ खेल महोत्सव गर्न लागेको आयोजकले बताएको छ । यूवाहरु कुलतमा नलागी खेल तर्फ आर्कषित गर्नका लागि खेल महोत्सव गर्न लागेको दैलेखी यूथका संयोजक प्रेमबहादुर शाहीले बताए ।

काठमाडौंमा अध्यायन गर्ने दैलेखी यूवाहरुले गठन गरेको दैलेखी यूथ नाम समुह मार्फत दशैं र तिहारको विदाको अवसरमा जिल्लामा रहेका यूवाहरुले भाग लिने गरी खेलकुद महोत्सवको आयोजना गरेको आयोजकले दावी गरेको छ ।

यूवाहरुलाई खेलबाट स्वास्थ बनाउन र जिल्लालाई चिनाउन महोत्सवको आयोजना गरिएको यूथका सदस्य मनोज भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए । अवसर नहुँदा जिल्लाका योग्य खेलाडीहरु विस्थापित हुनुपर्ने बाध्यता रहेकाले अवका दिनहरुमा त्यस्तो नहुँने भण्डारीले बताए ।

कार्यक्रम क्लवका कावा अध्यक्ष अभिषेक अनुरागले दैलेख खेलकुदको माध्यमले पनि चिनिने बताए । जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधिहरु हुन छाडेपछि यूथहरुको प्रयासमा पहिलो पटक जिल्ला स्तरिय खेल महोत्सव हुन थालेको हो । खेल महोत्सवमा ४ खेल प्रर्दशन हुने आयोजकले बताएको छ । फुटवल, भलिवल, टेवुलटेनिस, ब्याटमेन्टन खेलहरु सदरमुकाममा ४ दिनसम्म हुनेछन् ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले खेलकुद गतिविधिले यूवाहरुमा सकारात्मक बाटोमा हिड्ने बताए । कार्यक्रममा निजि क्षेत्र तथा जिल्लास्थित पत्रकारहरु र आयोजक सहभागी थिए ।