☰ open Loading... 2 May 2024|  

सल्यानमा जडिबुटि प्रशोधन केन्द्र सञ्चालन
  | २४ आश्विन २०७४, मंगलवार १८:१२

बुद्धिमान पुन
सल्यान ।
जडिबुटीका लागी प्रख्यात जिल्लत हो सल्यान । यहाँ बिभिन्न प्रकारका औषधिमुलक र बहुउपयोगि जडिबुटी पाईन्छ । जिल्लामा जडीबुटी प्रसस्त मात्रामा पाईने गरे पनि यसको प्रशोधनको लागी कुनै केन्द्र स्थापना गरिएको थिएन । पछिल्लो समय जिल्लामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका वडा न १५ मुलडाँडामा जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । माँ लक्ष्मी हर्वल उद्योगले सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

माँ लक्ष्मी हर्वल उद्योगका सञ्चालक हरि न्यौपानेले करिब ६० लाखको लागतमा निमित्त उक्त उद्योगले खेर गई रहेका जडिबुटि र बनस्पतिलाई संकलन गरेर मोहर बनाउने र कृषकहरुलाई उत्पादनमा आर्किषत गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘स्थानीय स्तरमा उत्पादन हुने जडिबुटि र प्रशोधन गरेर बजारीकरण गर्न उद्योग सञ्चालनमा ल्याएका छौँ,’ –उनले भने ।

उनले गाउँघरमा प्रयाप्त मात्रामा पाइने जडिबुटि सस्तो रुपमा निकासी गरी प्रशोधित गर्ने बताए । उनले भने, –‘जडिबुटि महंगोमा किन्नु पर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यका साथ जडिबुटि प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हौँ ।’

‘जडिबुटिका लागि प्रख्यात क्षेत्रका रुपमा रहेका सल्यान, रुकुम, रोल्पा, जाजरकोट, सुर्खेतलाई मध्यनजर गरी उद्योग सञ्चालनमा ल्याएका हौँ,’ अर्का सञ्चालक विर बहादुर चलाउनेले भने । बनपाखा, खोल्सा खोल्सीमा पाइने टिमुर, तेजपात, जटामसी, मलागेरी, सुगुन्धगेरी, रोजवेरी लगाएतका जडिबुटि तथा बनस्पति संकलन गरेर गाउँकै उद्योगमा बेचेर कृषकले राम्रो आम्दानी लिन सक्ने उहाँले बताए ।

अहिले बजारमा प्रशोधित तेलको मुल्य उच्च रहेको छ । अहिले प्रशोधन केन्द्रले पहिलो चरणमा टिमुरको तेल निकाल्न सुरुवात गरेको छ । बजारमा अहिले टिमुरको तेलको मुल्य प्रतिलिटर १० देखि १२ हजार रुपैया रहेको छ । प्रशोधन केन्द्रमा अहिले स्थानीयले रोजगारी समेत पाएका छन ।

जिल्ला बाट टिमुर, तेजपात, रिठा, काउलोको बोक्रा, चुक्रोको बोक्रा लगायतका जडिबुटि करोडौका दरले बर्षेनी निकासी हुने गरेको जिल्ला वन कार्यालय सल्यानले जानकारी दिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा मात्र यहाँ बाट ३ लाख ९५ हजार ५ सय किलो टिमुर निकासी भएको छ । यस बाट करोडौँ रुपैयाँ भित्रिएको छ