☰ open Loading... 2 May 2024|  

थ्रेसरमा परेर युवतीको मृत्यु
  | ६ कार्तिक २०७४, सोमबार १४:४५

कान्चनपुर । धान दाउने क्रममा ट्याक्टरको थ्रेसरमा परेर आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ मा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्र्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिए । धान दाउने क्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो ।