☰ open Loading... 17 May 2024|  

मन्त्री शाहीद्धारा सेवा चुस्तदुस्त र निर्माधिक योजना समयमै सक्न निर्देशन
  | ६ कार्तिक २०७४, सोमबार १४:५५

सहरी विकास राज्य मन्त्री कुन्ती शाहीद्धारा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेत आएर सम्पुर्ण सेवाहरू छिटो, छरीतोका साथ जनमुखी भई, गर्ने गराउने निर्देशन दिएकी छिन् ।

उनी गृह जिल्ला दैलेखबाट काठमाडौं फर्कने क्रममा डिभिजन कार्यालय पुगेर सेवा चुस्तदुस्त राख्न कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

त्यस्तै जनता आवासको कार्यहरू बल्क मोडेलमा गर्दा बढि प्रभाबकारी हुने निर्देशन समेत दिईन् ।

अन्तमा निर्माणाधीन आयोजनाहरू तोकीयको समय सिमा भित्र सम्पन्न गराउन निर्देशन दिर्दैै त्यसका लागि आफुले सक्ने सहयोग गर्ने पनि बताईन् । मन्त्री शाही आज साँझ नै काठमाडौ पुग्ने सचिवालयले जनाएको छ ।

त्यस्तै मन्त्री शाहीले दैलेखमा आफ्ना कार्यकर्तासंग भेटघाट समेत गरेकी थिईन् । उनले जिल्लाको विकासका लागि आफु सधै सकारात्मक रहेको समेत बताईन् । उनलाई भेटन् जिल्लाका सरकारी कार्यालयका कर्मचारीदेखी उद्योगी ब्यापारीसम्म पुगेका थिए ।

उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्ष कुलबहादुर विक, उद्योग उपाध्यक्ष कविराज खत्री, उल्लाहकार यामबहादुर मल्ल लगायतको टिम पनि जिल्लाको विकासका लागि मन्त्री शाहीसंग छलफल गरेका थिए ।