☰ open Loading... 22 May 2024|  

होटलबाट मध्यराती तीन लाख चोरी
  | ७ कार्तिक २०७४, मंगलवार १५:३०

दाङ । देउखुरीको राप्ती गाउँपालिका १ पुल्चोक भालुवाङ बजार स्थीत वर्षा होटल एण्ड लजमा सोमवार राती चोरी भएको छ । घरको छतमा कोठामा छिरेर चोरले नगद रु २ लाख ८० हजार नगद चोरी गरेको होटलका सञ्चालक हरिबहादुर थापाले जानकारी दिएका छन् ।

चोरी गर्ने व्यक्तिहरुको खोजी कार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङको भनाईलाई उद्रित गर्दै पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिए ।