☰ open Loading... 2 May 2024|  

फरार अभियुक्त पक्राउ
  | ७ कार्तिक २०७४, मंगलवार १५:५८

पार्वती बस्नेत
दाङ ।
प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको विशेष अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का ६० वर्षिय हुमबहादुर सार्कीलाई पक्राउ गरिएको हो ।

‘अपराध नियन्त्रण, फरार अपराधी पक्राउ’ गर्ने विशेष अभियानअन्तर्गत फरार अभियुक्त सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए । २०७३ कार्तिक २३ गते दाङ देउखुरी जिल्ला अदालतले सार्कीलाई ठगी मुद्दामा ६ महिना कैद र १ लाख ५१ हजार जरिवाना तोकेको थियो ।

अदालतको फैसलापछि फरार रहेका सार्कीलाई खोजतलास गर्दै जाँदा कार्यालयबाट खटिएको प्रहरी टोलीले आफ्नै घरनजिकै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी तोकिएको कैद तथा जरिवाना असुल उपरका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।