☰ open Loading... 17 May 2024|  

कमलहरी कुप्रथा विरुद्धकाे चलचित्र लावाजुनी सार्वजनिक
  | ८ कार्तिक २०७४, बुधबार १६:५५

दाङ । नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष के एल पिडीतको निर्देशन लेखन रहेको चलचित्र लावाजुनीको फस्टलुक सार्वजनिक भएको छ । कमलहरी प्रथासंग जोडेर निमार्ण गरिएको चलचित्र उत्सर्ग फिल्मस प्रालीको व्यानरमा निमार्ण गरिएको चलचित्र हो ।

लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र वस्नेतको अध्यक्षता एवं मुक्त कमलहरी विकास मञ्चकी पुर्व अध्यक्ष उर्मीला चौधरीको उपस्थितीमा पोष्टर सार्वजनीक कार्यक्रममा वोल्दै चौधरीले सामाजीक कुप्रथाको रुपमा नेपालमा केही वर्षअघिसम्म रहेको कमलहरी प्रथालाइ चलचित्रले उजागर गरेको बताए ।

सरकारले २०७० सालमा नेपालवाट कमलहरी कुप्रथालाइ उन्मुलन गरेको भएपनी अझै पनी कहीकतै यसका अवशेषहरु रहेको वताउदै यसको अनत्यका लागी चेतनाको आवश्यक रहेको वताउदै चलचीत्रले सामाजीक चेतना ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उर्मीला चौधरी, पत्रकार महासंघका केन्द्रीय सचिव उदय जि एम, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासन, युवा नेता प्रकाश शाही पत्रकार महासंघका केन्द्रीय सदस्य वसुन्धरा गौतम, चलचीत्रका निर्देशक के एल पिडीत, नायक विरुभाइ वज्राचार्य, निर्मात्री रिना वस्नेत पदमा लम्सालले चलचीत्र लावाजुनीको फस्टलुकको सार्वजनीक गरेका थिए ।

चलचित्रका निर्देशक एवं लेखक के एल पिडीतले कमलहरीको विषयवस्तुमा आधारित भएर निमार्ण गरिएको चलचित्र लावाजुनी मोफसलवाट निमार्ण गरिएको फरक धारको चलचीत्र भएको बताए । मोफसलका कलाकारहरुले अभिनय गरेको चलचीत्र लावाजुनीले नेपालमा वर्षैसम्म रहेको कमलहरी प्रथालाइ कलाको माध्यमवाट जिवीत राख्ने प्रयास गरेको बताए ।

चलचीत्रले मोफसलमा लुकेर रहेका प्रतीभाहरुलाइ समेत अवसर प्रदान गरेको वताउदै चलचीत्रलाइ अन्तराष्ट्रीय स्तरमा लैजाने तयारी भैरहेको समेत वताउनु भयो । चलचीत्र लावाजुनीको निमार्णको काम अन्तीम चरणमा पुगेको वताउदै केही दिनमै चलचित्र रिलीज गरिने पनी बताए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सचीव उदय जिएमले सामाजीक कथावस्तुलाइ समेटेर तयार पारीएको चलचीत्र लावाजुनीले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासन, पत्रकार महासंघ दाङका सल्लहाकार दुर्गालाल केसी, युवा नेता प्रकाश शाही लगायतले चलचित्र लावाजुनीको सफलताको कामना गरे ।