☰ open Loading... 2 May 2024|  

सरकारी कर्मचारीसहित १८ जुवाडे पक्राउ
  | ८ कार्तिक २०७४, बुधबार १६:५८

पार्वती बस्नेत
दाङ । जुवाको खालबाट दाङमा सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन् । जिल्लाको देउखुरीमा जुवाको खालवाट सरकारी कर्मचारी, ठेकेदारसहिी १८ जनालाई पक्राउ गरिएको वडाप्रहरी कार्यालय लमहीले जनाएको छ ।

जुवाको खालबाट अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ५९ हजार रुपैयाँ बरामत गर्न प्रहरी सफल भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए ।

प्रहरी कार्यालय घोराही, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमेलियाको संयुक्त विशेष प्रहरी टोलीले लमही नगरपालिका वडा नं. ७ तेलियामा तास खेलिरहेको अवस्थामा सरकारी कर्मचारी लमही नगरपालिका वडा नं ७ निवासी सरकारी कर्मचारी ४४ वर्षिय टोपबहादुर वली, लमही नगरपालिका वडा नं. ५ लमही निवासी ३२ वर्षिय देवेन्द्र खड्का, वडा नं. ६ निवासी ४३ वर्षिय भिमबहादुर घर्ती, वडा नं. ९ निवासी ४३ वर्षिय खिमलाल वली, सोही वडा निवासी २४ वर्षिय विमल खड्का, ३५ वर्षिय प्रकाश कार्की, गढवा गाउँपालीका वडा नं. ६ निवासी २३ वर्षिय अजय कौशल, सोही ठाउँ निवासी ३७ वर्षिय हरिप्रसाद भण्डारी, २५ वर्षिय सन्दिप अधिकारी, २६ वर्षिय रमेश मगर, ४२ वर्षिय राजेश कौशल, लमही नगरपालीका वडा नंं ९ निवासी लिला वलीलाई पक्राउ गरेको हो।

यस्तै राजपुर गाउँपालीका वडा नं ७ निवासी २८ वर्षिय सरोज बस्नेत, सोही ठाउँ निवासी १८ वर्षिय मनोज बस्नेत, ४४ वर्षिय ईन्द्र बहादुर बस्नेत, ३५ वर्षिय नरेन्द्र सिंह, २४ वर्षिय सुवास भण्डारी जुवाको खालबाट पक्राउ परेका छन ।

अधिकांसले मादक पदार्थ सेवन गरेको पनि प्रहरीले जनाएको छ ।पक्राउ परेका सरकारी कर्मचारी सहीतका जुवाडे छुटाउन नेताहरुले प्रहरीलाई दवाव दिन थालेको स्रोतको भनाई छ । प्रहरीले भने जुवाडेहरुलाई कानुन वमोजिम कारवाही गरेर छाड्ने प्रतिवद्धता जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ । जुवाको खालवाट ठुलो धनरासी र धेरै ब्यक्तिहरु पक्राउ परेको जिल्लाको यो नै सवैभन्दा ठुलो घटना रहेको वताइएको छ ।

तेलीया निवासी टंक अधिकारीको घरमा जुवा खेलीरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ । जुवाडे छुटाउन राजनैतिक दलका नेता तथा उच्च ओहोदाका ब्यक्तिहरु प्रहरी कार्यालयसम्म पुगेको बुझिएको छ ।