☰ open Loading... 19 April 2024|  

यी हुन विवेकशील साझा पार्टी सुर्खेतका उम्मेदवार
  | १२ कार्तिक २०७४, आईतवार ०९:३५

ओमदत्त रेग्मी, सुर्खेत क्षेत्र नं. २ (क)
वीरेन्द्रनगर, ७, सुर्खेतका ओमदत्त रेग्मी पेशाले सिभिल ईन्जिनियर हुन् l उनीले ३३ वर्ष सरकारी सेवामा ईन्जियर भएर काम गरेका छन् l सुर्खेत जिल्लामा विपश्यना ध्यान केन्द्रका उनी संस्थापक सदस्य हुन्l यो देश बनाउने जिम्मा हरेक नागरिकहरुको हो भन्दै अब आफू जहिले सम्म सकिन्छ सक्रिय भएर देशलाई उन्न्नती तर्फ धकल्ने लक्ष्य रहेर राजनीतिमा आएको उनि बताउंछन् l
रम्मा आचार्य, सुर्खेत क्षेत्र नं १
सुर्खेत स्थित आशा नेपाल संस्थाकी संस्थापक आचार्य हाल त्यहाँ सल्लाहकार छिन्l उनी सुर्खेत लगाएत विभिन्न जिल्लाका ग्रामिण भेगका नागरिकहरुलाई महिला सशक्तिकरण गरिबी उन्मुलन जस्ता सामाजिक जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्छिन l उनि विभिन्न सामाजिक संस्था तथा गैर सरकारी संस्थामा आवद्ध छिन् l
पदमप्रसाद खनाल, सुर्खेत क्षेत्र नं २ (ख)
पञ्चपुरी, ४, सुर्खेतका खनाल कम्प्युटर ईन्जिनियर तथा हार्डवेयर स्पेशियालिष्ट  हुन्l उनी सुर्खेतको शहिद स्मारक आधारभुत विद्यालय र यज्ञपिस होम्स एकेडेमिमा ३ वर्ष शिक्षण पेशामा आवद्ध थिएl उनी लामो समय देखि विभिन्न आध्यात्मिक तथा धार्मिक क्षेत्रहरुमा पनि आवद्ध छन् l
दीपक रेग्मी, सुर्खेत क्षेत्र नं १ (क)
गुर्भाकोट – ८ सुर्खेतका रेग्मी विगत ११ वर्ष देखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् l उनि माउन्टेन टेलिभिजन, सुर्खेतको बुलबुले एमएम लगाएत अन्य एमएमहरुमा काम गरिसकेका छन् l रेग्मीले आमसंचारमा स्नातक गरेका छन्l आईटीमा विशेष दख्खल दिने  रेग्मी वेबडेभलपिङग पनि गर्छन l
रेग्मीले विभिन्न सञ्चार माध्यम तथा प्राईभेट कम्पनीहरुमा प्रस्तोता, सम्पादक, निर्देशक तथा कार्यकारी निर्देशक भएर काम गरेका छन्l उनले केहि नेपाली चलचित्रहरुमा निर्देशन तथा अभिनयको भूमिका पनि निर्वाह गरेका छन् l रेग्मी नेपाली चलचित्र क्षेत्रलाई स्वायत्त बनाउन माग गर्दे तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध चलचित्र विकास बोर्डमै ६ दिन आमरण अनसन बसेका थिए l सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि आफुले उम्मेदवारी दिएको उनि बताउंछन् l
लोकेन्द्र शाही सुर्खेत क्षेत्र नं १ (ख)
भेरीगंगा – ११, सुर्खेतका शाही सामुदायिक वन उपभोक्ता समितीमा कार्यरत छन्l उनले करिब ६ वर्ष सुर्खेतका विभिन्न नीजि तथा सार्वजनिक विद्यालयहरुमा पढाएका छन् l  भ्रष्टाचार विरुद्ध एकजुट भएर अगाडी बढ्न आजको आवश्यकता रहेको हुनाले नै आफ्नो उम्मेदवारी महत्व रहेको उनि बताउंछन् l
डा. गोबिन्द आचार्य, सुर्खेत क्षेत्र नं २ 
वीरेन्द्रनगर – ८, सुर्खेतका डा. गोविन्द आचार्यले राजनीति शास्त्रमा पिएचडि गरेका छन् l उनीले नेपाल टेलिकममा २०४२ सालदेखि २०७४ साल सम्म प्राविधिक अधिकृतका रुपमा काम गरेका छन्l २०३९ साल भरि उनीले नेपालगंज म्याच फ्याक्ट्रिमा श्रमिक काम गरेका थिए l
आचार्यले २०४६ साल देखि हालसम्म नेपाल ट्रेड युनियन काँग्रेसको भातृसंस्था अन्तर संस्थान कर्मचारी संघ सुर्खेतको सचिव थिएl देशमा असल राजनीतिक संस्कारको स्थापना गरि देशको राजनीतिक, सामाजिक र आर्थिक विकास गर्नुको साथै देश तथा समाजमा विकास, शुसासन र सामाजिक न्यायको स्थापना र अभिवृद्धि गर्न आफु राजनीतिमा आएको उनि बताउछन् l