☰ open Loading... 5 May 2024|  

दैलेखमा कांग्रेसका लोकप्रिय नेता खड्कद्धारा बागी उम्मेदवारी
  | १६ कार्तिक २०७४, बिहीबार २२:२०

दैलेख । दैलेखमा नेपाली कांग्रेसका प्रभावशाली नेता गणेशबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिइएका हुन । वाम गठबन्धन र लोकतान्त्रिकका उम्मेदवार भन्दा पनि बलिया र प्रभावशाली नेता हुन । २०६४ खड्काले जनयुद्धबाट भर्खर आएर चुनावी मैदानमा उत्रिएको माओवादीलाई पराजित पार्दै विजयी भएका थिए ।
खड्का प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएका थिए । कांग्रेस र राप्रपा विच गठबन्धन भएपछि यो क्षेत्र राप्रपाको भागमा परेको छ ।

यस्तै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) मा नेपाली कांग्रेसका प्रभाशाली नेता नरसिंह मल्लको बागी उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी परेको छ । लोकतान्त्रीक गठबन्धनबाट टिकट नपाएपछि नेपाली कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधी एवम् जनताका लोकप्रिय नेता लक्षमण गुरुङ्गले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।