☰ open Loading... 16 April 2024|  

भाेट माग्न मतदाताकाे दैलाेमा पुगे नेताहरु
  | २१ कार्तिक २०७४, मंगलवार १६:०८

शेरबहादुर थापा

सुर्खेत ।  आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको चुनावका लागि दलहरु गाउँ पसेका छन् । जिल्लामा वाम गठबन्धन (नकपा एमाले–माओवादी केन्द्र), नेपाली काँग्रेसको मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीका आन्तरीक कमिटिमा सिफारिस भएको दिनदेखि काठमाण्डौं लागेका नेताहरु उम्मेदवारको मनोनयनसँगै गाउँ पस्न थालेका हुन् । यसपाली विगतका चुनावमा जस्तो संविधान बनाउने नारा नबोकेर नेताहरुले सम्वृद्व दैलेृखको नारा बोकेका छन् । उम्मेदवारहरु बाटोघाटो, खानेपानी, सिंचाई, विद्युत्त, सडकलगायतका सुधार गर्ने प्रतिबद्वता सहित गाउा पसेका हुन् ।

को को उत्रिए मैदानमा ? 

जिल्लामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेस सभा सदस्य निर्वाचन क्षेत्र रहेको दैलेखमा ९ वटा दलले उम्मेदवारी दर्ता गरी मैदानमा उत्रिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन, नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धन, जनमोर्चा, नयाँशक्ति पार्टी, मजदुर किसान पार्टी र विवेकशिल साझा पार्टी र नेकपा क्रान्तिकारी माओवादीले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका पार्टी अध्यक्ष रविन्द्रराज शर्मा, निर्वाचन क्षेत्र नं. २ मा एमालेका राजबहादुर बुढा मैदानमा छन् । यस्तै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा ‘क’ मा माओवादी केन्दका धर्मराज रेग्मी, प्रदेश ‘ख’ मा एमालेका अम्मर बहादुर थापा, निर्वाचन क्षेत्र न २ को प्रदेश सभा ‘क’ मा एमालेका शुसिल थापा र प्रदेश सभा ‘ख’ मा एमालेकै राजबहादुर शाही उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धका तर्फबाट प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा राप्रपाबाट दिपक कुमार शाही, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका शिवराज जोसीले टिकट पाएका छन् । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण कुमार विसी र प्रदेश ‘ख’ मा कांग्रेसका जगतजंग थापा, निर्वाचन क्षेत्र न २ को प्रदेश सभा ‘क’ मा मधुरविक्रम खनाल र प्रदेश सभा ‘ख’ मा दिक्पाल शाहीले चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् ।

राष्ट्रिय जनमोर्चाले दैलेखको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का लागि पूर्ण बहादुर शाही र प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ बाट भिमबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । यस्तै प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश ‘क’ मा कविराज खत्री, प्रदेश ‘ख’ मा सुरतबहादुर रावत, प्रतिनिधी सभा क्षेत्र नं. २ को ‘क’ मा लोकपाल थापा र प्रदेश ‘ख’ मा कलम वरैमगर लाई उठाएको छ ।

यस्तै, नेमकिपाको तर्फबाट दैलेखको प्रतिनिधी सभा क्षेत्र नं. १ मा बमबहादुर सिंह र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा जग्य बहादुर शाहीले टिकट पाएका छन् । प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश ‘क’ बाट जगत बहादुर वली, प्रदेश ‘ख’ मा दुर्गबहादुर थापामगर, प्रतिनिधी सभा क्षेत्र नं. २ को ‘क’ मा मोतिराम शर्मा लम्साल र प्रदेश ‘ख’ मा लालबहादुर कठायत उम्मेदवार बनि गाउँ पसेका छन् । जिल्लामा नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी (देशभक्त जनगणतान्त्रीक पार्टी), विवेकशिल साझा पार्टीलगायतले उम्मेदवार चयन गरी चुनावमा होमिएका छन् ।

यता, नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धन का विरुद्व परेको बागी उम्मेदवारी फिर्ता भएन । दैलेखको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ र त्यस अन्तरगतका दुई वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी परेको थियोे । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता एवम् पूर्व स्थानीय विकास राज्य मन्त्री गणेश बहादुर खड्का तथा प्रदेश सभा ‘क’ मा नरसिंह मल्ल र ‘ख’ मा लक्ष्मण गुरुङ्गले बागी उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेसवृत्तमा यी तिनै नेतालाई शक्तिशाली नेताका रुपमा लिइने गरेको पाइएको छ । २०७० सालको निर्वाचनमा नरसिंह मल्लले बागी उम्मेदवारी दिएकै कारण खड्काले हार व्यहोर्नु परेको पार्टी निकट स्रोतको भनाई थियो ।

जीतको प्रमुख आधार भनेको पार्टी संगठन–बुढा 

‘मेरो जीतको प्रमुख आधार भनेको नेकपा एमालेको पार्टी संगठन हो । दोश्रो आधार मैले जनतासँग गरेको विश्वासिलो व्यवहार हो । यसैका आधारमा २०६४ मा मैले चुनाव जितेको हुँ र यसपटक पनि त्यहि आधारमा मैले चुनाव जित्छु । म अरुले जस्तो सबै विकास मैले गरेको हुँ भन्न चाहन्न । तर मैले मेरै सक्रियतामा सुर्खेतको वांगेशिमलबाट कर्णाली राजमार्ग भएर लैजान खोजिएको पुष्पलाल मार्ग (मध्यपहाडी लोकमार्ग) दैलेख जिल्लाको बीच भागबाट ल्याउन सफल भएँ ।

यो सडक आज दैलेखको मेरुदण्डको रपमा आएको छ । यस्तै प्रदेश नं. ६ र ७ को आर्थिक केन्द्रको रुपमा विकास हुँदै गएको राकम कर्णालीलाई आधुनिक शहर बनाउने योजना पास गर्न सफल भएँ । यध्पी केहि विवादका कारण यो शहर निर्माण गर्ने कार्य रोकिएतापनि म निर्वाचित भएर गएपश्चात चाँडो भन्दा चाँडो प्रक्रिया सुरु हुनेछ ।

मेरो कार्यकालमा दैलेखमा धेरै पक्कि पुलहरु निर्माण भएका छन् । जस्तो कि, छामघाट, पादुका, चिनेजिउला, रामागाड, राकम कर्णालीमा सञ्चालनमा आएका छन् र यी पुलले जनतालाई ठुलो राहत दिएका छन् । मैले स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत्त विस्तारमा समेत धेरै कार्य गरेको जनतालाई थाहै छ । मैले साविकका सबै गाविस सदरमुकाम सम्म ट्याक्टर सडक निर्माण गर्ने योजना बनाएको थिएँ । आज पुगिसकेको छ ।

अब मेरो प्राथमिकता भनेको जिल्लामा रहेका सडकहरुको विस्तार गर्ने, फराकिलो पार्ने र पक्कि सडकको रुपमा विकसित गर्ने रहेको छ । यातायातको विकास गर्न सकिएको खण्डमा अन्य विकास निर्माण गर्न सहज हुन्छ । यस्तै भ्रष्टाचार न्युनिकरण गर्ने गतिविधिमा म सक्रियथताका साथ लाग्नेछु । अहिले सरकारी रकम दुरुपयोग भएको अवसथा छ । स्थानीय तहरुसँगको सहकार्यमा जे का लागि बजेट आएको हो त्यसैका बजेटलागि कार्यान्वयन गरिनेछ भने शिक्षा, सवास्थ्य, सिंचाई, खानेपानीजस्ता जनताका सबै समस्या समाधान गर्न पहल गर्नेछु । आयआर्जन र बेरोजगारी अन्त्यका लागि स्थानीय तहसँग सहकार्य गर्नेछु । विद्युत उत्पादन, उद्योगहरुको स्थापना रपर्यटनको क्षेत्र विस्तारमा मेरो प्राथमिकता रहनेछ ।

त्यसैले म दैलेखी जनतामाझ मेरो र अरुको कार्यलाई हेरेर यहाँहरुको अमूल्य मत मआफेले पाउने अपेक्षा गर्दछु । म फेरि पनि हजुर मार्फत भन्छु, मैले कहिल्यै जनताका मतको अपमान गरिन सधैं सम्मान गरेको छु । त्यसैले मेरो जित सुनिश्चित छ ।’

पहिलो उद्देश्य कृषिको आधुनिकिकरण– जोशी 

‘मेरो जीतको प्रमुख आधार नेपाली काँग्रेसको म दैलेखको संस्थापक हुँ । म द्वन्द्वकालमा पनि विकास निर्माणमा निरन्तर सहभागि भएँ । जनताका दुख सुखसँग सदैव साथमै रहें । मैले तल्लो डुगेंश्वर, डाँडीमाडी सडक, दुल्लु बडलम्जी रावतकोटा दैलेख सडक, चुप्रा कालभैरव गमौडी सातखम्ब सडक, पालेतडा विन्द्रासैनी, जम्बुकाँध सडक, रामागाड लकान्द्र सडक निर्माणकालागि राष्ट्रिय बजेट पारें । ती सडकहरु अहिले सञ्चालनमा आइसकका छन् ।

खानेपानी, विद्यालयमा शिक्षकको व्यवस्था, स्वास्थ्य सेवामा प्रभावकारितालगायतका अन्य विकास निर्माणका कामहरु मैले सम्पन्न गरेको छु । यी आधारमा म चुनाव जित्छु । मैले आगामी कार्यकालका लागि पनि योजना बनाएको छु ।

मेरो पहिलो उदेश्य कृषिको आधुनिकिकरण हुनेछ । परम्परागत कृषिलाई विस्थापन गर्ने र जनतालाई कृषिमा आत्म निर्भर बनाउने, पञ्चकोशी क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, अमिलो पदार्थको उत्पादन बढाउने, युवाहरुलाई रोजगारको व्यवस्था गर्ने, शैक्षिक केन्द्रहरु सञ्चालनमा ल्याउने आदि कामहरु गर्नेछु । मलाई आशा र भरोसा छ, मलाई दैलेखी जनताले आफ्नो अमुल्य मत दिएर फेरि एकपटक सेवा गर्ने मौका दिनुहुनेछ ।’