☰ open Loading... 2 May 2024|  

सई खड्काले कुटे प्रहरी जवान
  | २३ कार्तिक २०७४, बिहीबार ११:१९

सुर्खेत । वीरेन्द्रनगर नगर प्रहरी कार्यालयका सई तेजबहादुर खड्काले एक प्रहरी जवानलाई कुटेका छन् । मादक पदार्थ सेवन गरेर आफूलाई ज्यान मार्ने धम्की दिँदै कुटेको प्रहरी जवान मनोज सिंह ठकुरले आरोप लगाएका छन् ।

बुधबार राती कार्यालय परिसरमै खड्काले मादक पदार्थ सेवन गरेर कुटेको ठाकुरले जानकारी दिए । चार वर्षदेखी नगरप्रहरीमा कार्यरत ठाकुर सई खड्का बडीगार्ड हुन् ।

‘कार्यालयमा खानपिन कार्यक्रम थियो उहाँले अपशव्द प्रयोग गर्दै मलाई गालामा हान्नुभयो’ जवान ठाकुरले भने,–‘मैले केही भनेकै थिएन एक्काशी नराम्रो शव्द प्रयोग गर्दै मलाई हान्नुभयो, घाँटी बुझेर मार्छु भनेपछि म भागेर जिल्ला प्रहरी कार्यालय पुगेर ज्यान बचाए ।’

जवान ठाकुरलाई मध्यराती नै जिल्ला प्रहरी कार्यालयले क्षेत्रीय अस्पतालमा चेकअप गराएको थियो । यस विषयमा नगर प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका सई तेजबहादुर खड्काले आफूले नकुटेको भन्दै बचाउ गरे ।

कार्यालयका सूचना बाहिर सार्वजनिक गर्न थालेपछि सम्झाउन खोजेको हुँ मैले कुटेको छैन् भन्दै विषयान्तर गरेका खड्काले मैले हानेको भए निलडाम देखाउन चुनौती दिए । प्रहरी स्रोतको अनुसार केही समय पहिला पनि खड्काले नगरमै कार्यरत एक प्रहरी जवानलाई कुटेका थिए ।