☰ open Loading... 22 May 2024|  

निर्वाचित भए, सुुविधा नलिने घोषणा
  | २६ कार्तिक २०७४, आईतवार १४:५४

दैलेख । दैलेख निवार्चन क्षेत्र नं .२ ‘ख’ प्रदेशसभा सदस्यका उम्मेदद्वार, नेपाली काँग्रेसका नेता दिक्पाल कुमार शाहीले अगुवा कार्यकर्ता भेला एवम घरदैलो अभियान सभालाई सम्वोधनमा आफुले जिते पाउने सुविधाहरु जनतालाई दिने घोषणा गरेका छन् । उनले जनतामाँझ निर्वाचित भए प्रदेश सांसदले पाउने सम्पुर्ण सेवा सुुविधा यस क्षेत्रका दलित, विपन्न र गरीव विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जनताले विकास चाहेको भन्दै त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने समेत उनले उद्घोष गरेका छन् । आठविस नगरपालीकाको राकम कर्णालीमा आयोजित अगुुवा कार्यकर्ता भेला लाई सम्वोधन गर्दै उम्मेद्वार शाहीले यस क्षेत्रका जनताको समस्या आफुले बुझेकाले निर्वाचित भए सबै काम पुरा गर्ने बताए । मतदाताहरूसँगको भेटघाटकै क्रममा उम्मेद्वार शाहीले लोकतन्त्रको स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताए ।

आफ्नो उम्मेदवारी लोकतन्त्रकोे स्थायित्व र संमृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्र्दै आफुलाई जिताउन जनतामाँझ गएका छन् । घरदैलोका क्रममा अधिकांश मतदाताले निरन्तर राजनीतिमा लाग्नु भएका त्यागी, निष्ठावान, विकास प्रेमी, समाजसेवी, जनताको समास्या बुुझ्ने नेतालाई टिकट दिई उम्मेदवारी बनाएकोमा स्वागत गरेका बताईएको छ । साथै बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका उम्मेद्वार शाहीलाई स्वागत गर्दै आफ्नो क्षेत्रको विकास गर्न आग्रह गरेका छन ।