☰ open Loading... 2 May 2024|  

भैरवीमा छुटटै गाँउ सभा
  | ३० कार्तिक २०७४, बिहीबार १०:२३

दैलेख,  – दैलेखको भैरवी गाउँपालिकामा बहुमत सदस्यबाट छुट्दै गाउँ सभा गरिएको छ ।

कात्तिकको २१ र २७ मा बसेको गाँउ सभाले चित्तबुदो निर्णय नगरेको भन्दै काँग्रेसबाट विजयी भएकाहरुको गाउँसभाका बुहमत सदस्यविच छुट्दै सभा गरिएको हो ।

क्याप्सन ः काँग्रेसबाट निर्वाचित बहुमत सदस्यहरुले गरेको भैरवी गाउँपालिकामा गाउँसभा

गाउँ पालिकाको स्थायी कार्यालयको विषयमा एमाले र काँग्रेसबाट विजयी सदस्यविच मतभेद विवाद आकाशिएको हो । एमाले सदस्यले सिलिगे बजार र काँग्रेस सदस्यले अहिले गाउँ पालिका कार्यालय भएकै आसपास गाँउपालिकाको भवन बनाउनुपर्ने अडान गरेपछि काँग्रेसका बहुमत सदस्यले छुट्दै सभा गर्नुपरेको सदस्य खड्के नेपालीले बताए ।

३८ जना गाउँसभामा काँग्रेसका २१ सदस्य छन् । आफुले गाँउ पालिकाले गरेको निर्णय बहुमत गाउँ सभाबाट अनुमोदन गरि स्थानीय विकास मन्त्रालयमा पठाएको नेपालीले बताए ।

गाँउ सभामा एमालेबाट विजयी अध्यक्ष उपाध्यक्ष सहित सदस्यहरु उपस्थिति छैनन् । गाउँ पालिकाको भवनका लागि धेरै छलफल भएपनि उहाँले आफुले नै भनेको ठाँउमा हुनुपर्छ भन्ने अडान लिएकाले आफुहरुले बाध्य भएर निर्णय अनुमोदन गर्नु परेको काँग्रेस नेता दिपेन्द्र शाहीले बताए । त्यस्तै गाउँ कार्यपालिकामा ९ काँग्रेस ६ एमालेका सदस्य छन् ।

बैठकमा निचोड ननिकाले अध्यक्ष सहित एमालेबाट प्रतिनिधित्व गर्ने सदस्यहरु लुसुक्क गएकाले बाध्य भएर बहुमत सदस्यबाट गाउँ सभा अनुमोदन गरेको नेता शाहीले बताए ।