☰ open Loading... 19 April 2024|  

सुर्खेत प्रहरीले माग्यो माफी
  | १ मंसिर २०७४, शुक्रबार १२:५९

सुर्खेत । होटल चेकिङ्गका नाममा अनाहकमा निर्दोस व्यक्ति पक्राउ गरेकोमा सुर्खेत प्रहरीले माफी मागेको छ । बुधबार साँझ वीरेन्द्रनगरको एक होटलमा नास्ता खाइरहेको समयमा तीन जनालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएपछि सुर्खेतका प्रहरी प्रमुखले आफूहरुबाट गल्ती भएको भन्दै माफी मागेका हुन् ।

याे पनि पढ्नुहाेस् । बर्दीको आडमा आतंक मच्चाउँदै सुर्खेत प्रहरी

नास्ता खान बसेकै समयमा प्रहरीले अनाहकमा एक रात हिरासतमा राखेपछि घटना सार्वजनिक भएको थियो । तर सुर्खेतका प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदीले आफूलाई घटनाबारे स्पष्ट व्रिफिङ्ग नगराएका कारण अनाहकमा हिरासत राख्नु परेकोमा माफी मागेका छन् । यता पीडित पक्षले अनाहकमा प्रहरीले अाफूहरुलार्इ गल्तीविना पक्राउ गरेकाे भन्दै मुद्दा हाल्ने तयारी गरेका थिए ।

घटनाको गहिराईमा प्रहरी पुग्न नसक्नु र निर्दोस व्यक्ति हिरासतमा परेकोमा आगामी दिनमा यस्ता घटना नदोहो¥याउने प्रतिवद्धता  एसपी चर्तुवेदीले जनाए । उनले मातहतका प्रहरीहरुको सानो त्रुटीले यो घटना भएको जानकारी दिए ।

शुक्रबार पीडित पक्षलाई कार्यालयमै बोलाएर एसपी चर्तुवेदीले आगामी दिनमा यस्ता घटना हुनै नदिने बताए । उनले सुर्खेतमा प्रहरीका केही कमजोरी थाहा पाए तत्काल आफूलाई खवर गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम गर्नमा सहयोग पु¥याउन आग्रह समेत गरेका थिए ।