☰ open Loading... 18 May 2024|  

जुम्लामा ६० प्रतिशत मत खस्याे
  | १० मंसिर २०७४, आईतवार १८:३७

सागर परियार,
जुम्ला । ३२ जिल्लामा आज भएको पहिलो चरणको निर्वाचन अन्तर्गत जुम्लामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उत्साहजनक रुपमा मतदाताले मतदान गरेका छन् । दिउँसो ४ बजेसम्मको जानकारी अनुसार जुम्लाका ५९ हजार ५८ जना मतादाता मध्ये ३५ हजार १ सय २४ जनाले मतदान गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार दिउँसो ४ बजेसम्म ५९ प्रतिशत मत खसेको भन्दै त्यसमा १९ हजार १ सय ५१ महिला र १५ हजार ९ सय ७३ जना पुरुषले मतदान गरेको बताए ।

जुम्लाका ७६ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्रमा आज विहान ७ बजेबाट एकैसाथ मतदान प्रक्रिया शुरु भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सबै ठाउँबाट आज नै जुम्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी भइरहेको प्रुमख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

मतपेटिका सदरमुकाम सम्म ल्याउनको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ । जुम्लाका ५९ हजार ५८ मतादा मध्य झण्डै ४० प्रतिशत मतदाता निर्वाचनमा सहभागी नभएको पाइयो । विभिन्न कामको शिलशिलामा घर बाहिररहदाँ निर्वाचनमा सहभागी हुन नपाएको बुझीएको छ ।

आफ्नो इच्याएको उम्मेदवारले जित्ने मतदाताको आआफ्नै दाबी

स्पष्ट निति तथा एजेण्डा भएका उम्मेदवारहरु अबश्य पनि विजयी हुने मतदाताहरुले बताएका छन् । जनताले बौलने भन्दा गर्ने काममा विश्वास गर्ने भन्दै आज सम्पन्न चुनावले पनि कुशल योग्य तथा क्षमतावान उम्मेदवार विजयी हुने मतदाताहरुले आ आफ्नै दाबी गरिरहेका छन् ।

संघ प्रदेश सभाको निर्वाचनमा जुम्लाबाट जुन सुकै पाटी तथा गठबन्धनका भएपनि क्षामतावान उम्मेदवारको जीत सुनिश्चित रहेको तातोपानी गाउँपालिकाका मतदाताहरुले ठोकुवा गरेका छन् ।

मतदान गरि सकेपछि आज कारोबार संग कुराकानी गर्दै तातोपानी गाउँपालिका २ का मतदाता दिपक बुढाले क्षमातावान जनताको मन जितेको उम्मेदवारलाई मतदान गर्न पाउदाँ खुसी महसुश भएको बताए । उनले भने, विश्वास र योजना तथा केहि गर्न सक्छन् भन्ने हिसाबले मतदान गरिएको छ ।

पक्कै आफुले ईच्याएको उम्मेदावारले समग्र जुम्ला तथा कर्णालीको समृद्धीका लागि काम गर्ने विश्वास व्यक्त गर्नु भयो । विगतका धेरै चुनावमा आश्वासन दिएका हरुलाई मतदान गरे पनि खासै उपलब्धी नभएको अनुभव सुनाउदै संघ र प्रदेशको चुनावमा गरिएको मतदान कार्यले सार्थकता पाउनेमा आफु लगायत तातोपानीका मतदाता विश्वस्त रहेको स्थानिय बुढाको भनाई छ ।

त्यस्तै ः मतदान बारे आफ्नो अनुभव सुनाउदै तातोपानी गाउँपालिका २ अकै मतदाता मान बहादुर सुनारले अब विकास तथा देशको समृद्धी र विपन्नको हितका लागि वकालत गर्ने उम्मेदवारलाई मतदान गरेको बताए ।

विगतका विभिन्न चुनाव जस्तै गरिएको अमुल्य मतदान वालुबामा पानी खन्याजस्तै गरे नेताहरुलाई जनताको भोटले सराप्ने उहाको भनाई छ । समयको विकास संगै सबै सचेत भईसकेका छन् । स्थानिय मान बहादुर सुनारले भने, भोट माग्न जुटा आश्वासन दिइ जनतालाई लत्याउने काम भए त्यसको हिसाव किताब जनातले आफ्नै गर्ने उहाँको दाबी छ ।

साथै आज हिम शिखबर बुथ केन्द्र बाट मतदान गरेका तातोपानी गाउँपालिका २ का मतदाताहरुले आफुले ईच्याएको उम्मेदवार जित्नेमा कुनै संका नरहेको बताएका छन् ।

यता तातोपानी गाउँपालिका २ नम्बर वडामा रहेका १ हजार २२ जना मतदाता मध्य झण्डै ८ सय बढिले आज आफ्नो मतधिकार प्रयोग गरेको मतदान अधिकृत अंगद बहादुर शाहिले जानकारी दिए । उनका अनुसार बाँकी मतदाता कोहि भारत गरेको र कसैको मृत्यु भईसकेकाले उपस्थिती हुन नसकेको बताइएको छ ।

उक्त मतदान केन्द्रमा फरक क्षामता भएका व्यक्ति, बृद्धबृद्धा र महिला पूूूरुषहरुको लागि छुटा छुट्टै लाईन बनाएर सहज रुपमा मतदान गर्ने वाताबरण मिलाइएको थियो । भने मतदान गर्ने वाताबरण शान्ती पुर्ण एवम सहज भएको मतदाताहरुले बताएका छन् ।

विशेष गरी जुम्लामा निकै प्रतिष्प्रधा मानिएको बाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धन बिच जुम्लाबाट कसले संघ र प्रदेशमा बाजी मार्ला त्यसको लागि मंसिर २१ कुर्न पर्ने निर्वाचनका खटिएका कर्मचारीहरुको भनाई छ । भने अधिंकाश नजिकै मतदान स्थलका मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका साथ आईसकेका छन् ।