☰ open Loading... 5 May 2024|  

भरूवा बन्दुकसहित २ पक्राउ
  | ११ मंसिर २०७४, सोमबार १३:४४

अछाम । अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–७ नुवागाउँस्थित भैसेखोलामा २ नाल भरुवा बन्दुक सहित सोही वडा बस्ने प्रकाश बिक र खडक बहादुर बिक पक्राउ परेका हुन ।

भरिएको अवस्थामा रहेका बन्दुक बोकेर शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरिएको र आवस्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

पक्राउ परेका २१ बर्षीय प्रकाश र २७ वर्षीय खडकबहादुर नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने आशंका रहेको डिएसपी न्यौपानेले जानकारी दिए ।