☰ open Loading... 21 May 2024|  

हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना
  | १२ मंसिर २०७४, मंगलवार १०:३८

सुर्खेत । हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ ।

ुहुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दौडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको हो,ु प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले भने।

उनको अनुसार विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य १३ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेका उद्धारका लागि हेलिकप्टर पठाइएको छ, उनले भने । जहाजमा चुनावमा सुरक्षाका लगाि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।