☰ open Loading... 17 November 2024|  

जुम्लाकाे ताताेपानी धारामा नुहाउन जाने पर्यटक बढे
  | २० मंसिर २०७४, बुधबार १९:४८

सागर परियार
जुम्ला । स्वाभिक रुपमा चिसो समयमा तातो आबश्यक पर्छ । जसो तसो आफुलाई न्यानो बनाउन सबै प्रयासरत हुन्छन् । चिसोबाट हुन सक्ने विभिन्न समस्यालाई छेल्न पनि न्यायो अति आबश्यक छ । त्यसमाथि जुम्लाको माईनस ४ डिग्री न्युनतम चिसो मौसममा तातो कसलाई चाहिदैन र ?

लगाउने लुगाफाटोदेखि खानपान तथा सरसफाईका सबै कार्यहरु चिसो रहित वाताबरणमा गर्न पाउ भन्ने सबैको आशा चिसो मौसममा अनुचित पनि होईन । तातै घरमा खाने, लगाउने कुरा त छदैछ । तर जुम्लाको तातोपानी धारामा चिसो बढे संगै नुहाउन आउनेहरुको आकर्षण बढ्दो देखिन्छ । जुम्लामा चिसो बढे संगै तातोपानी धारामा नहुाउनेहरुको संख्यामा पनि बृद्धि हुदै गएको हो ।

जिल्ला भित्र र बाहिरका गरी अहिले एक दिनमा झण्डै ५ सय भन्दा पर्यटक तातोपानी आउने गरेको तातोपानी २ का महिला अगुवा विष्णु रावलले बताईन । उनका अनुसार असोज कार्तिकको महिना भन्दा मंसिर लागे संगै ह्वात्तै चिसो बढे पछि तातोपानीमा नुहाउन तथा घुम्न आउनहरुको आकर्षण बढ्दै गएको छ ।

साउन भदौ महिनामा एकदिनमा झण्डै २ सय बढि मान्छे आउने तातोपानीमा मंसिर लागे संगै दैनिक रुपमा ५ सय बढि भित्री तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । तर धाराको व्यवस्थापानका लागि तातोपानी गाउँपालिका २ जर्मी गाउँका महिलाहरुले जिम्मेवारी लिएकी छन् ।

व्यवस्थापनका बारेमा बेला बेला भएको बिबादका कारण जर्मी गाउँका महिलाहरुले धारा व्यवस्थापनको जिम्मेवारी लिएकी हुन । झण्डै १ सय ७० घरधुरी रहेको जर्मीका गाउँका महिलाहरु दैनिक रुपमा कम्तमिा ३ जनाको पालो गरी टिकट काट्ने र त्यहाको सरसफाईमा महिलाहरु जुटेकि छन् । हिँउदको समयमा तातोपानी प्रति आम नागरिकहरुको बढ्दो आकषर्णलाई देखेर सुरक्षाको अबस्था निकै चुनौती देखिएको छ ।

बिना स्वार्थ महिलाहरुले टिकट काट्ने जिम्मेवारी लिएता पनि अझै सुरक्षाको अबस्था निकै कमजोर रहेको जर्मीका गाउँका स्थानिय धन बहादुर बुढाले बताए । उनले भने, कोहि चिसो छल्न तथा कोहि साथी भाई बिच रमाईलो गर्न र हेर्नको लागि तातोपानीमा दैनिक सयौको संख्यामा आउन्छन् ।

तर व्यवस्थापनालाई मजबुद पार्न सके तातोपानीलाई जुम्लाकै नमुना पर्यटन क्षेत्र बनाउन सकिने उनको भनाई छ दाबी छ । दैनिक रुपमा टिकक बापत संकलन भएको रकम जम्मा गरी तातोपानीको विकास र महिलाहरुको शसक्तिकरणका लागि खर्च गरिने उद्देश्य राखिएको स्थानिय महिला बेलु चनाराले बताईनले । संकलित रुपैया जम्मा गरी बैंकमा बचत गर्ने जिम्मेवारी बेलु चनरालाई दिइएको छ ।

एक महिनाको एकचोटी संकलित रकम राष्ट्यि बाणिज्य बैंकमा जम्मा गर्ने गरिएको चनाराको भनाई छ । चिसो बढे संगै तातोपानीमा पर्यटकहरुको देखिएको बढ्दो आकर्षणलाई व्यवस्थापान गर्न तातोपानी गाउँपालिकाले पनि विशेष मध्यनजर गर्नु पर्ने स्थानियको माग छ ।