☰ open Loading... 3 May 2024|  

अपडेट : प्रदेश ६ मा कुन दलले कहाँ जिते ?
  | २२ मंसिर २०७४, शुक्रबार १६:३१

पश्चिम नेपाल डटकम मुगु सम्वाददाता नन्द बहादुर रोकायाका अनुसार एक क्षेत्र रहेको मुगु जिल्लाकाे प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका गोपाल बहादुर बम बिजयी भएका छन ।

बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरी पराजित भएका छन् । मुगुमा ३० हजार १५ मतदाता भएपनी २३ हजार ७ सय १२ मत खसेको थियो ।

मुगुमा प्रतिनिधि सभाको मतपरिणमाको नतिजा आएकाले प्रदेश सभाको मतगणना अब केहि बेरमा गरिने मुख्य निवार्चन अधिकृतको कार्यलयले जनाएको छ ।

वाम गठबन्धनका गोपाल बहादुर बम १३०३४ विजयी

नेपाली काग्रेशका हस्त बहादुर मल्ल ९८६१ पराजित

नयाँ शक्ति पार्टी नेपाल राज बहादुर भाम ९९ पराजित

जम्मा बदर मत ७१८

============================================

जुम्ला । प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् । रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन् ।

रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् । जुम्लामा प्रतिनिधिसभा र प्रदेश ‘क’ मा पनि वाम उम्मेदवारहरु अघि छन् ।

हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।