☰ open Loading... 17 May 2024|  

सुसिल प्रदेशसभाकै कान्छो सदस्य
  | २४ मंसिर २०७४, आईतवार १०:२३

दैलेख – ६ नम्वर प्रदेशको प्रदेश सभा सदस्यमा सवैभन्दा कान्छा सदस्यका रुपमा दैलेख निर्वाचन क्षेत्र नम्वर २ क प्रदेशसभाबाट सुसिलकुमार थापा विजयी भएका छन् । २०४२ साल पुस २९ गते जन्मिएका थापा विद्यार्थी राजनिति हुँदै प्रदेशसभा सदस्यसम्मको यात्रा तय गरेका हुन् ।

उनी शिक्षा क्याम्पस सुर्खेतमा अनेरास्ववियूको विद्यार्थी राजनितिबाट छलार्ग हाल्दै कान्छो प्रदेश सभा सदस्यका रुपमा विजयी भएका हुन् । कलियो उमेरमै उनी २०६५ मा स्ववियू सचिव हुँदै उनी अनेरास्ववियूको दुई पटक केन्द्रिय सदस्यको जिम्मेवारी पहन गरि अनुभव समेत लिए ।

२०७१ सालमा पार्टी दैलेख जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भए । पार्टीको जिल्ला सदस्य भएयता उनी संगठन विस्तार अभियान सक्रिय भए । उनी यूवाहरुविच निकै लोपप्रिय नेता पनि हुन् । त्यसयता प्रदेश सभा सदस्य टिकटका लागि पार्टीभित्र प्रतिष्पधीहरु धेरै भएपछि निर्वाचनमा समेत जानु परेको थियो ।

टिकट सिफारिसका लागि भएको निर्वाचनमा उनलाई पार्टीभित्रबाट ठुलो मतको अन्र्तरले केन्द्रमा पठाईएको थियो । त्यसपछि उनले प्रदेश सभा सदस्यको लागि टिक पाएका थिए ।

यूवा भएर चुनावी अभियानमा हिड्दा मतदाताहरुले भरोसाका साथ आफुलाई हेर्ने गरेको विजयी कान्छो सदस्य थापाले बताए । उनले आफुले पहिले गरिवी हटाउन लाग्ने त्यसपछि रोजगारीका बाटाहरु खोल्ने यूवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र विकासको लागि पूर्वाधारहरु आफ्नो क्षेत्रमा भरपूर गर्ने योजना रहेको उनले बताए ।

यूवाहरुको खाँचो र आवश्यकता सम्झेर माया र भरोरा गर्ने सवै मतदाताले ५ वर्षभित्रै गुण तिर्ने प्रदेश सभा सदस्य थापाले बताए । सुसिलले बाम गठबन्धनबाट ११ हजार ८४ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मधुरविक्रम खनालले ८ हजार २ सय ९८ मत प्राप्त गरे । २७ सय ८६ मत अन्तरले थापाले विजयी भएका हुन् ।