☰ open Loading... 2 May 2024|  

सल्यानमा वामगठन्धनकाे क्लन स्वीप
  | २५ मंसिर २०७४, सोमबार ०७:३७

बुद्धिमान पुन,
सल्यान । सल्यानमा बामगठबन्धनले क्लीन स्वीप गरेको छ । प्रतिनिधिसभा १ र प्रदेशसभा २ रहेको सल्यानमा सबै ३ वटै क्षेत्र जितेर बामगठबन्धनले क्लीन स्वीप गरेको हो । जिल्लाको प्रतिनिधिसभामा नेकपा माओबादी केन्द्रका टेक बहादुर बस्नेत र प्रदेशसभा क मा एमालेका गुलाबजंग शाह, ख मा पनि एमाले कै प्रकाश ज्वाला बिजयी हुनु भएको हो ।


बिना विभागीय मन्त्री बस्नेतको तेस्रो जित !

नेकपा माओवादी केन्द्रका सचिबालय सदस्य तथा बिना विभागीय मन्त्री टेकबहादुर बस्नेत प्रतिनिधिसभामा ११ हजार १ सय ३० को मतान्तरले बिजयी हुनु भएको छ । बस्नेत संग नेपाली काँग्रेसका राजेन्द्र बहादुर शाह प्रतिस्पर्धामा रहनु भएको थियो । शाह पूर्व शिक्षा राज्य मन्त्री हुनु हुन्छ । बस्नेतले ४० हजार ८ सय ९७ मत प्राप्त गर्नु भएको थियो भने शाहले २९ हजार ७ सय ६७ मत प्राप्त गर्नु भएको थियो । बस्नेत यसअघि २०६४ र २०७० सालको चुनावमा सल्यान क्षेत्र नं १ बाट विजयी हुनु भएको थियो ।

मुख्मन्त्रीका दाबेदार एमाले नेता ज्वाला विजयी !

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा ६ नम्वर प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार प्रकाश ज्वाला प्रदेश सभामा सल्यान ख बाट निर्वा्चित हुनुभएको छ । उहाँले ८२०६ मतान्तरले नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीलाई पराजित गर्नुभएको हो । ज्वालाले १९ हजार ८ सय ३६ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गर्नुभयो ।
ज्वाला यस अघि भएका चुनावमा २०५६ सालमा सल्यान क्षेत्र नम्वर १ र २०७० सालमा सल्यान क्षेत्र नम्वर २ बाट विजयी हुनुभएको थियो । तर २०६४ सालको चुनावमा भने उहाँ सल्यान क्षेत्र नम्वर १ बाट पराजित हुनुभयो । २०३९ सालबाट कम्युनिष्ट राजनीतिमा होमिएका ज्वाला २०४६ साल अघि शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश सभा सदस्य चुनिएका ज्वालालाई सल्यानमा एमालेलाई स्थापित गराउने नेताको रुपमा चिनिन्छ ।

एमाले वैकल्पीक केन्द्रिय सदस्य शाह विजयी !

सल्यानमा प्रदेश सभा १ (क) मा बाम गठबन्धनबाट उम्मेद्वार दिएका नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य गुलावजंग शाह विजयी हुनु भएको छ । उहाँले १९ हजार ६ सय ५८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली काग्रेशका एकराज डाँगी भन्दा ९ हजार ४६ मत बढी ल्याएर शाह निर्वा्चित हुनु भएको हो । काँग्रेसका डाँगीले १० हजार ६ सय १२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै स्वतन्त्र बाट उम्मेद्वारी दिएका भिम प्रकाश शर्माले ७ हजार ४ सय १६ मत प्राप्त गर्नु भएको थियो ।