☰ open Loading... 3 May 2024|  

पराजित खड्काले दिए विजयीलाई शुभकामना ! (पूर्ण पाठसहित)
  | २५ मंसिर २०७४, सोमबार १८:२८

सुर्खेत । सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकका पराजित उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खड्काले वाम गठबन्धनका विजयीहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका छन् ।

खड्काद्वारा हस्ताक्षर विज्ञप्ती जारी गर्दै खड्काले अाम कार्यकर्तालार्इ नतिजाबाट विचलित नहुन अाग्रह गर्दै गम्भीर अात्मसमिक्षा गर्दै पार्टीकाे संगठन सुदृढिकरणमा लाग्न तथा हिजाेभन्दा अझै जनताकाे मन जित्ने गरी लाग्न अाग्रह गरेका छन् ।

यता, सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘क’का पराजित कांग्रेस उम्मेदवार टेकबहादुर सिंहले पिन निर्वाचनका क्रममा आफूलाई मतदान गर्ने गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउ“पालिकाका सम्पूर्ण मतदाता र सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन गरेका छन् । सोमवार एक विज्ञप्ति जारी गरी उनले निर्वाचनमा बिजयी हुने सवैलाई बधाई पनि दिएका छन् ।

विज्ञप्तिमा उनले निर्वाचनको पछिल्लो परिणामबाट रत्तिपनि विचलित नभई पार्टीको सुदृढिकरण, संगठन विस्तार, विकास निर्माण एवं जनताको सेवामा थप सक्रियताका साथ लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

कांग्रेस सुर्खेतका उपसभापति समेत रहेका सिंहले आफ्नो ठाउँको विकास र उन्नतिका लागि म पदमा रहँदा वा नरहँदाको अवस्थामा उत्तिकै इमान्दारिताका साथ खट्ने पनि बताएका छन् । साथै आफूलाई निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीलगायत सवैलाई धन्यवाद व्यक्त गरेका छन् ।