सुर्खेत । बाणिज्य तथा आपूर्ति विभागले वीरेन्द्रनगरमा संचालित निजी क्लिनिकहरुको अनुगमन गरेको छ । ९ मध्ये निजी क्लिनिकमध्ये दुई वटा मापदण्ड विपरित भएको भन्दै विभागले सिल गरेको हो ।
आपुर्ति विभागले वीरेन्द्रनगरमा संचालतिल हिमाल डेण्टल क्लिनिक र सुपथ पोलिक्लिनिक तथा डायग्नोष्टिक सेन्टरमा विभागले सिल गरेको छ ।
विभागका शाखा अधिकृत पवनकुमार प्याकुरेलको नेतृत्वमा गरिएको निजी क्लिनिकहरुको अनुगमनमा धेरैजसो क्लिनिकहरु पूर्ण मापदण्ड पूरा नगरेको पाइएको छ । सिल गरिएका दुवै क्लिनिकलाई सात दिन भित्र सवै कागजात पु¥याइ जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिएको छ ।
टोलीले हिमाल र सुपथसहित, देउती अस्पताल, बाल पोलिक्लिनिक, राना मेडिकल, सुवास मेडिकल, राजु क्लिनिक, पंचकोशी डेण्टल र देउती डेण्टल गरी ९ वटा क्लिनिकहरुको अनुगमन गरेको थियो ।