☰ open Loading... 17 May 2024|  

भेरी–बबईबाट प्रदेश नं. ६ लाई लाभ छैन : शाही
  | १६ पुष २०७४, आईतवार १७:५१

सुर्खेत । भेरी–बबई ड्राइभेसन आयोजनाबाट प्रदेश नं. ६ का जनता कुनैपनि लाभ नहुने सुर्खेत निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य ध्रुवकुमार शाहीले बताएका छन । पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा भेरी–बबईबाट प्रदेश नम्बर ५ लाई लाभ मिल्ने उनले बताएका हुन  । ‘डिपिआर नभएर कार्यान्वयन भएको आयोजनाबाट स्वयम सुर्खेतलाई समेत लाभ नहुने उनको भनाई छ ।

 सदस्य शाहीले प्रभावित क्षेत्रका नागरिकहरुलाई आयोजनाले निःशुल्क रुपमा विद्युत, सिंचाई उपलब्ध गराउने गरी डिपिआर तयार गर्न आग्रह गरे । विद्युत राष्ट्रिय प्रशासन लाइनमा जडान हुन्छ, सिंचाईको सुविधा प्रदेश नम्बर ५ ले पाउछ, हामीलाई कहाँबाट लाभ हुन्छ उनको प्रश्न थियो ।

हालसम्म निर्वाचन क्षेत्र कुनैपनि वस्तुमा आत्मनिर्भर नभएको बताउदै, कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने उनले बताए । ‘आउने पाँच वर्षभित्र कृषि व्यवसायिकरण गरी निर्वाचन क्षेत्र नं. १ लाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनको भनाई छ ।

यस्तै आफ्नो निर्वाचन क्षेत्रका सबै स्थानहरुमा यातायातको सुविधाको पहुँचमा पु¥याउने उनले बताए । साथै कालो पत्र नभएका सडकहरुमा अबको पाँच वर्षभित्र कालो पत्रे गर्ने सदस्य शाहीले आश्वन दिए ।