☰ open Loading... 17 May 2024|  

नयाँ वर्ष मनाउन गएकी युवती होटलमै बलात्कृत !
  | १७ पुष २०७४, सोमबार १८:५५

नेपालगञ्ज । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । यो विवादमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् ।


सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए । उनले बेलाबेला एयरलाइन्सका कर्मचारीलाई पनि होटलमा राख्ने गरेका थिए । आइतबार न्यू इयर इभ मनाउन उनले सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई होटलमै बोलाएका थिए ।

होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०१ मा बसेका थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजले नै बोलाएर गएकी थिइन् ।

मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको छ तर, रिपोर्ट आउन बाँकी छ । अनलाइनखवर डटकमबाट