☰ open Loading... 19 May 2024|  

जाडोले कठ्याङ्ग्रिएर मृत्यु
  | २८ पुष २०७४, शुक्रबार १५:४८

 

दाङ । जाडोले कठ्याङ्ग्रिएर दाङको गढवामा एक जनाकाे मृत्यु भएकाे छ । गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरीकाे जाडाेले कठ्याङ्ग्रिएर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे हाे ।

चौधरी अपाङ्गता भएका व्यक्ति हुन् । उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।