☰ open Loading... 5 May 2024|  

नक्कली नेपाली रूपैयाँ बनाउने भारतीय नागरिक पक्राउ
  | २८ पुष २०७४, शुक्रबार १६:२२

कञ्चनपुर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेकाे अवस्थामा दुई भारतीय नागरिक पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले बिहीबार राती नेपाली एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा उनीहरूलार्इ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंह रहेकाे क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।

उनीहरूबाट प्रहरीले एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत बरामद गरिएकाे उनकाे भनाइ छ । एक महिनादेखि नक्कली नोट बनाउने गिरोह सक्रिय रहेकाे जानकारी प्रहरीले पाएपछि विशेष निगरानी राखेकाे उनले बताए ।

पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय रहेकाे खुलेकाे बताएका उनले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको जानकारी दिए ।

अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे बताए । पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ ।