☰ open Loading... 25 April 2024|  

मध्यपश्चिम यातायातले भित्राएका एयर सस्पेन्सन बसमा सुविधै सुविधा
  | २८ पुष २०७४, शुक्रबार १६:४३

सुर्खेत । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले सुविधा सम्पन्न एयर सस्पेन्सन बस भित्र्याएको छ । सुर्खेत-काठमाडाैं रूटमा सञ्चालन हुने यी बसहरूमा यात्रा गर्ने यात्रुहरूका लागि विशेष सुविधासहित माघ २ गतेबाट बस सञ्चालन गर्ने तयारी समिति जुटेकाे हाे र

यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै पाँच वटा एयर सस्पेन्सन बस भित्र्याइएको संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए । समितिले यसअघि रारा एसी, डिलक्स, क्यापिटल सेवा दिँदै आएको संघले अागामी मंगलबारदेखी एयर सस्पेन्सन बस सञ्चालन गर्ने बतायाे ।

हाइड्रोलिक प्रविधि भएकाले पछाडीको सीटमा यात्रा गर्ने यात्रुहरुलाई पनि सहज खड्काले जानकारी दिए । हावाको प्रेसरबाट गाडी लचक हुने भएकाले लामाे यात्रामा यात्रा गर्ने यात्रुहरूलाइ सहज हुने अपेक्षा खड्काकाे छ ।

एयर सस्पेन्सन बसमा ३९सीट छन् । यी बसहरू करिव चार करोडको लागतमा समितिले सुर्खेत भित्राइएकाे हाे ।  अागामी मंगलवार बेलुका ५ः१५ बजे सुर्खेत र काठमाडौंबाट बेलुका पाँच बजे बस छुट्ने समय समितिले ताेकेकाे छ । बसको भाडा १५ सय ८५ छ ।

यात्रुका लागि जाँडोमा हिटर, गर्मीमा एसी, फ्रिवाइफाई, ४२ इन्चको एलइडी टिभी, पानी, कुर्मुरे र विष्कुट सुविधा एयर सस्पेन्सन बसहरूमा रहेकाे छन् । संघसंग हाल पाँच वटा डिलक्स, ६ वटा एसी, ११ वटा डिलक्स र २३ वटा सुपर देउतीबाट काठमाडाैंसहित अन्य जिल्लाहरूमा सेवा दिँदै अाएकाे खड्काले बताए ।