☰ open Loading... 2 May 2024|  

कम्युनिष्टले मुलुकको नेतृत्व लिनै नसक्ने पूर्वमन्त्री थानीकाे दावी
  | २९ पुष २०७४, शनिबार १७:३४

सुर्खेत ।  कम्युनिष्टले मुलुकको नेतृत्व लिनै नसक्ने दावी पूर्वमन्त्री एवं कांग्रेस नेता ह्दयराम थानी गरेका छन् । विगतदेखि अहिलेसम्मको अवस्था हेर्दा कम्युनिष्टले मुलुकको नेतृत्व लिन नसक्ने र नेतृत्वका लागि कांग्रेस नै चाहिने जिकिर समेत थानी गरेका छन् ।

बुधवार कांग्रेस सालकोटले आयोजना गरेको कार्यक्रममा नेता थानीले प्रजातन्त्र ल्याउन होस् या गणतन्त्र ल्याउन वा संविधान जारी गर्न कांग्रेसकै नेतृत्वमा भएको उल्लेख गर्दै कम्युनिष्टहरु कांग्रेसको पुच्छर भएको आरोप लगाए । उनले कम्युनिष्टहरु कांग्रेसको फेर समातेर बैतर्नी तर्दै आएकोले मुलुकको निकास र विकासको नेतृत्व कम्युनिष्टबाट हुन नसक्ने टिप्पणी गरे ।

कांगे्रस सुर्खेतका सभापति कमलराज रेग्मीले अहिलेको चुनावमा कांग्रेस पराजित भएपनि आगामी निर्वाचनहरु कांग्रेसकै पक्षमा हुने बताए । विकास र निकासको ढोका कांग्रेसले खोलेको हुँदा नआत्तिनसमेत सुझाव दिए ।

सालकोटका सभापति बलबहादुर रोकायको अध्यक्षतामा भएको कार्यक्रममा यामबहादुर विसी, कांग्रेस क्षेत्रीय सदस्य यामबहादुर विसी, क्षेत्रीय सभापति नारायण कोइरालालगायतले बोलेका थिए ।