☰ open Loading... 19 April 2024|  

यस्ता छन् उद्योग बाणिज्य संघ–भेरीका योजना
  | २९ पुष २०७४, शनिबार १८:४९

सुर्खेत । सदरमुकाम वीरेन्दनगरदेखी पूर्वी सुर्खेतको छिन्चु आसपासका व्यापारीहरुको हकहितका लागि काम गर्ने उदेश्यले स्थापना भएको उद्योग बाणिज्य संघ–भेरीले नयाँ योजना अघि सारेको छ । संघको दोस्रो वार्षिक साधारण सभामा आगामी योजनाहरु सार्वजनिक गरेको हो ।

लगानीमैत्री योजना ल्याउने सांसद्हरुको उद्घोष


यता, प्रतिनिधी सभा सांसद धुव्र शाहीले लगानीमैत्री योजनाहरु ल्याउने प्रतिवद्धता जनाएका छन् । विकासको मेरुदण्ड उद्योग कलकरखाना स्थापना गर्नमा आफू किटवद्ध रहेको शाहीले दोहो¥याए ।

कार्यक्रम उद्योग बाणिज्य संघ- भेरी का अध्यक्ष रत्न ब. अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।। विकासको मेरुदण्ड उद्योग कलकरखाना स्थापना गर्नमा आफू किटवद्ध रहेको शाहीले दोहो¥याए ।

भेरी करिडोरलाई पूर्णता दिने र नयाँ उद्योग स्थापना गर्न लगानीको वातावरण तयार गर्नमा आफू लाग्ने उल्लेख गरे । प्रदेश सांसद्द्वय ठम्मर विष्ट र खड्कबहादुर खत्रीले प्रदेशको समृद्धिको लागि आफूहरु लागि पर्ने बताए । उनले अवको पाँच वर्षमा व्यापार, व्यवसाय र उद्योगलाई बढवा दिने खालका नीति निर्माण गर्ने उदघोष गरे ।

उद्योग वाणिज्य संघ ६ नम्बर प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जल, जंगल र सदुपयोग गरेर थुप्रै लाभ लिन सकिने सम्भावना हुँदा–हुँदै पनि लगानीमैत्री वातावरण नबनेकोमा गुनासो पोखे । अव राज्यले प्रदेश ६ मा रहेका नयाँ सम्भावनाहरुलाई पहिचान गर्दै अघि बढ्न सांसदहरुको ध्यानाकर्षण गराए ।

भेरी उद्याेग वाणिज्य संघ भेरीका अध्यक्ष रत्न अधिकारीले व्यापारीहरूलार्इ लागानीमैत्रीकाे वातावरण अावश्यक भएकाले राज्यले साथ दिन अावश्यक रहेकाे बताए ।

संघले आगामी दिनहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयसंग समन्वय गरेर कृषि संकायको विभाग स्थापना गर्ने, रुग्ण उद्योग, पलायन व्यापारी तथा दैवी प्रकोपबाट क्षती भएका उद्योग व्यापारीहरुलाई पुनस्र्थापना गर्ने योजना रहेको सचिव सोमराज ढकालले जानकारी दिए ।

उनका अनुसार भेरी करिडोरमा औद्योगीक ग्राम अटो भिलेज स्थापना गर्न पहल गर्ने, व्यवसायलाई सुरक्षित गर्न बिमा कम्पनीसंग सहकार्य गरेर निर्जीवन बिमा सञ्चालन गर्ने, उत्कृष्ट व्यापारीहरुलाई सम्मान गर्ने जस्ता अघि सारेको बताए । संघमा आवद्ध ८ सय सदस्यता संख्या वृद्धि गरेर आगामी वर्ष सदस्यता संख्या एक हजार २ सय पु¥याउने, स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गर्ने महोत्सव सञ्चालन गर्ने योजना संघको रहेको ढकालले उल्लेख गरे ।

तर संघले विविध योजनाहरु अघि सारेपनि व्यवसायीहरुले खुला रुपमा व्यवसाय प्रवद्र्धन गर्नमा चुनौती रहेको प्रतिवेदन समेत प्रस्तुत गरेको छ । व्यवसायीहरुमा अस्वस्थ प्रतिस्पर्धा, सरोकारवाला निकायसंग प्रत्यक्ष पहुँच नहुनु, सम्भावना भएपनि उद्योग कलकरखाना सञ्चालन हुन नसक्नु र उद्योगका लागि कच्चा पदार्थ तथा दक्षजनशक्तीको अभाव रहेको ढकालले बताए ।

उनले व्यवसायीक शिक्षको अभाव, वैंकिङ र इलका कार्यालय नहुनु, राज्यको अस्पष्ट नीति र ज्ञानको अभावले व्यवसायी दोहोर कर तथा जरिवनामा पर्ने समस्या रहेको उल्लेख गरे ।

विविध समस्याका विच पनि संघले एकिकृत घुम्ती शिविर जामुनेबजार, बोटेचौर, मेहेलकुना, जहरे र छिन्चुमा सम्पन्न गरेको जनाएको छ । यस्तै, संघको विधान अनुसार सचिवालय गठन, भेरीगंगा नगरपालिकासंगको समन्वयमा १ सय २२ वटा सोलार वत्ती जडान, सिम्ता, लेकवेशी र गुर्भाकोटमा उपसमिति गठन गरेको प्रगतिप्रतिवेदनमा समेटिएको छ ।

संघका कोषाध्यक्ष पूर्णबहादुर खत्रीले आर्थिक वर्ष २०७३।०७४ मा २५ लाख ८५ हजार ८०६ रुपैयाको आर्थिक कारोवार भएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७४।०७५ का लागि प्रस्तावित ४५ लाख २० हजारको आयव्यय अघि सारिएको छ ।