☰ open Loading... 2 May 2024|  

बुलबुले उद्यानमा गमला हस्तान्तरण
  | २९ पुष २०७४, शनिबार १९:३७

सुर्खेत । मेल्भिन्स जोन्स डेको अवसर पारेर सुर्खैतस्थित विभिन्न लायन्स क्लबहरुले साता व्यापीरुपमा लायन्स अन्र्तराष्ट्रिय संस्थापक मेल्भिन्स जोन्सको जन्म उत्सव मनाउने क्रममा शनिवार बुलबुले उद्यानमा एक कार्यक्रमका बिच स्टेण्ड सहित गमला हस्तान्तरण गरिएकाे छ । करिब १ लाख ५० हजार लगानीमा गमला र स्टेण्ड तयार निर्माणगरी बुलबुले उद्यान समितिलाई हस्तान्तरण गरिएको लायन्स क्लव अफ मध्यपश्चिमका अध्यक्ष भानुभक्त खड्काले बताए ।

स्टेण्ड सहितको गमला हस्तान्तरण पश्चात बुलबुले उद्यान समितिका संयोजक श्याम कंडेल र लायन्स क्वल अफ मध्यपश्चिमका अध्यक्ष भानुभक्त खड्का लगायत अन्य लायन्सहरु । तस्वीर ; पश्चिम नेपाल

अध्यक्ष खड्काले वातावरणीय क्षेत्रमा पनि केहि गर्ने सोचका, सुर्खेत जिल्लामा घुम्ने आउने आन्तरिक एवंम् वाह्य पर्यटकहरु यस क्षेत्रमा घुम्न आउने भएको हुदा, त्यस्ता पर्यटकहरुलाई लोभ्याउन र बुलबुलेको सौन्दयता बढाउनका लागी प्रवेशद्धारमा स्टेण्ड सहितको गमला राखिएको जानकारी दिए ।

हस्तान्तरणका प्रमुख अथिती डिस्ट्रिक एडभाईजर लायन्स टिकाराम चपाईले समाजमा कोही नभएका र केहि नभएकाहरुलाई सहयोग गर्नु लायन्सहरुको दायित्व र जिम्मेवारी रहेको बताए । उनले सामाजिक क्षेत्रमा लायन्स क्लबहरुलेव धेरै महत्वपूर्ण भुमिका खेलेको भन्दै सामाजिक कामको विस्तार गर्दे जानुपर्ने बताए ।

लान्यस क्लब अफ सुर्खेत, भ्यालीका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्खेत स्थित सम्पुर्ण लाइन्स क्लवका पदाधिकारीहरुको उपस्थिति थियो ।