☰ open Loading... 2 May 2024|  

प्रशान्ति वृद्धाश्रमकाे अध्यक्षमा पुन: श्रेष्ठ चयन
  | २९ पुष २०७४, शनिबार २१:०६

सुर्खेत । वीरेन्द्रनगरमा रहेकाे प्रशान्ति वृद्धाश्रम केन्द्रकाे अध्यक्षमा पुन: बालकृष्ण श्रेष्ठ चयन भएका छन् । शनिवार सम्पन्न केन्द्रकाे १९ अाैं वार्षिक साधारण सभाले श्रेष्ठकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

सर्वसम्मत चयन भएकाे नयाँ नेतृत्वकाे उपाध्यक्षद्वयमा विद्या भूषण मनन्धर र शितल सिह रठाैर, सचिवमा चेत अधिकारी र काेषाध्यक्ष बसन्त कुमार रेग्मी छन् । यस्तै, सह-सचिवमा भने प्रेम कुमार अाचार्य चयन भएका छन् ।

सदस्यहरूमा भने भद्र भण्डारी, बाल कुमारी डाँगी, वेलमाया गिरी, चन्द्र प्रसाद सापकोटा, टीका भण्डारी, रविन लामिछाने, बालकृष्ण पुरी, पुर्णदेव अधिकारी र वालारम पाेखरेल चयन भएकाे केन्द्रले जानकारी दिएकाे छ ।

पुन: अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले केन्द्रलार्इ थप उचाइमा पुर्याउने कार्य गर्ने बताएका छन् । सवैकाे सहयाेगमा याे स्थानसम्म संस्थालार्इ पुर्याउन गरेकाे याेगदानकाे उच्च कदर गर्दै अागामी दिनमा थप देखिने कामहरू गर्ने प्रतिवद्धता जनाए ।